भक्तपुर जिल्लाको निर्वाचन तयारी पूरा
भक्तपुर, फागुण २०गते
भक्तपुर जिल्लाको निर्वाचनको तयारी पूरा गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालको नेतृत्वमा जिल्लाका विभिन्न मतदान स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण गर्दै मतगणना स्थलहरुको समेत स्थलगत निरिक्षण सम्पन्न गरेको छ । भक्तपुर जिल्लाका दुईवटा निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नं. १को खरिपाटी स्थित विद्युत तालिम केन्द्रमा मतगणना स्थल टोकिएको छ भने भक्तपुर निर्वाचन क्षेत्र नं. २को मध्यपुर थिमी स्थित कृषि तालिम केन्द्रको सभाहलमा मत गणना गरिने छ । सो स्थलहरुको आज जिल्लाका सुरक्षा निकाय र पत्रकारसहितको टोलीले स्थलगत निरिक्षण गरेका हुन । यसै बीच जिल्ला निर्वाचन अधिकृत प्रकाश मगरले जिल्लाका सम्पूर्ण मतदान स्थल र केन्दहरुकालागि आवश्यक मतपत्र, सामग्री तथा जनशक्ति परिचालन भइसकेको जनाएको छ। भोली हुने निर्वाचतनकालागि भक्तपुर निर्वाचन क्षेत्र नं। १ मा २५ जना र क्षेत्र नं।२ बाट ३२ जना उम्मेदवार निर्वाचनमा होमिएका छन ्। भक्तपुर निर्वाचन क्षेत्र १मा १ लाख ७ सात हजार ५४ जना मतदाताहरुको मतदानकालागि ३७ मतदान स्थलमा ११९ मतदान केन्द्र र निर्वाचन क्षेन नं।२मा ९८ हजार ३ सय ५६ मतदाताहरुकालागि ३९ मतदान स्थलहरुमा ११४ मतदान केन्द्रहरु स्थपना गर्न आवश्यक जनशक्तिहरु पनि परिचान भएको उहाँले बताए ।


यसै बीच मध्यपुर थिमीको वडा नं. ८ स्थित कृषि तालिम केन्द्रको मतदान केन्द्रमा मदतान अधिकृत देखि सुरक्षाकर्मी समेत महिलाद्वारा मतदान गराउने तयारी गरेको छ । महिला नेतृत्वका लागि नमूना मतदान केन्द्र सञ्चालन हुने जनाएको छ । सो क्षेत्रमा ४ वटा मतदान केन्द्रहरु रहेका छन् । सो क्षेत्रमा मतदान अधिकृत ४ साहायक मतदान अधिकृत ४ र अन्य कर्माचारी सहित ३६ जना महिला कर्मचारी परिचालन गरिएको छ भने सोही मतदान स्थल र केन्द्रको सुरक्षाकालागि पनि नेपाल प्रहरी, सशत्र प्रहरी सहित सम्पूर्ण प्रहरीहरु पनि महिला नै परिचालन हुने भक्तपुर निर्वाचन क्षेत्र २का निवार्चन अधिकृत राधिका सुवालले जनाएको छ ।













