भक्तपुर बचतले गरे स्वागत तथा बधाइ कार्यक्रम
भक्तपुर, ७ मंसिर
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई आइतबार स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले खाडा, भादगाउँले टोपीबाट स्वागत गरेको उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघको यहि कार्तिक २९ गते सम्पन्न २१ औं वाष्किि साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित मित्र बचत तथा ऋण सहकारी संस्थाका हरिकृष्ण बल्ल र उपाध्यक्ष पदमा निर्वाचित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव जगनाथ प्रजापतिलाई स्वागत तथा बधाइ ज्ञापन गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भक्तपुर जिल्लाको सहकारी आन्दोलनमा जिल्ला संघबाट निरन्तर सक्रियता देखाएकै कारण सहकारी क्षेत्रमा अन्य जिल्लाको तुलनामा विकृतिमा कमि आएको बताउनुभयो । उहाँले राम्रो कामको सुरुवात भए सबैको साथ पाउने बताउँदै जिल्ला संघलाई एकै वर्ष तीन तहबाट सम्मान पाएको औंल्याउनुभयो । साथै सहकारी निर्माण र आगामी अभियानमा नयाँ नेतृत्वको भूमिका अझ उत्कृष्ट हुने उहाँको विश्वास छ । उहाँले देशमा सहकारी क्षेत्रमा आएको विकृतिलाई हटाउन अबको नेतृत्व सफल हुने अपेक्षा गनुभएको छ ।
संघमा निर्वाचित अध्यक्ष हरिकृष्ण बल्लले हरेक समस्यालाई सामुहिक रुपमा निरुपण गरिरहेको बताउँदै उहाँले भक्तपुर बचत र मित्र बचत बीचको सम्बन्ध र सहकार्य निरन्तर भइराख्ने बताउनुभयो । उहाँले भक्तपुर जिल्लाका प्रारम्भिक सहकारी संस्थाका सबै समस्याको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका सचिव एवम् जिल्ला संघमा निर्वाचित उपाध्यक्ष जगनाथ प्रजापतिले प्रारम्भिक संस्था रहेमात्रै संघ रहने बताउँदै संघको लागि भक्तपुर बचतले सुरुदेखि नै निरन्तर सहयोग गरिआएको बताउनुभयो । निर्वाचित पदाधिकारीबाट सहकारी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उहाँको प्रतिबद्धता छ ।
कार्यक्रममा संस्थाका व्यवस्थापक सत्यनारायण साँयजुले पनि बोल्नुभएको थियो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














