भक्तपुर विकास सहयाेग सङ्घकाे ३४ अाैं स्थापना दिवस भव्यतापूर्वक सम्पन्न ।

भक्तपुर विकास सहयाेग सङ्घकाे ३४ अाैं स्थापना दिवस भव्यतापूर्वक सम्पन्न ।
भक्तपुर विकास सहयाेग सङ्घकाे ३४ अाैं स्थापना दिवस भाद्र ६ गते सङ्घकाे आफ्नै कार्यालय, बुद्धनगर, काठमाण्डाैमा एक समाराेहका बीच भव्यतापूर्वक सम्पन्न भयाे । सङ्घकाे लाेगाेमा पूजा, दीप प्रज्वलन सहित माल्यार्पण गर्नुहुँदै कार्यक्रमका सभाध्यक्ष तथा सङ्घका निवर्तमान अध्यक्ष श्री राजाराम जाेशीले सङ्घ स्थापनाकाे ऐतिहासिक घटनाकाे स्मरण गर्नुहुँदै “तत्कालकाे परिस्थितिमा परिस्थितिजन्य गतिविधिहरू सञ्चालन भएकाे, त्यसबेलाका लव्धप्रतिष्ठित व्यक्तिहरूकाे साथ लिई एक आपसमा हातेमालाे गर्दै, एकले अर्काेलाई तान्दै सङ्घकाे गरिमालाई अक्षुण्ण राख्न भरमग्दुर प्रयास भएकाे ” बताउनुभयाे । साथ‌ै उहाँले वर्तमान कार्यसमितिले सङ्घकाे गतिविधिलाई थप नविन कार्यसहित चम्काउँदै यसकाे साखलाई उच्च बनाएकाेमा खुशि व्यक्त गर्नुहुँदै सङ्घकाे उतराेत्तर प्रगतिकाे कामना गर्नुभयाे ।


त्यसैगरी सङ्घका पूर्व अध्यक्ष एवं सल्लाहकार श्री कृष्ण लाल प्रधानले स्थापना दिवसकाे अवसरमा सबैलाई बधाई ज्ञापन र शुभकामना दिनुहुँद‌ै
” उपत्यकाकाे ३ शहरमध्ये सबैभन्दा फाेहर शहर भक्तपुर भन्ने मानसिकतामा परिवर्तन भई वास्तविक रूपमै भक्तपुर शहर सबैभन्दा सफा शहरमा परिवर्तन भएकाे र तत्कालीन भक्तपुरकाे बिजाेगकाे अवस्थालाई मनन गरेर नै २०४७ साल देखि नै भक्तपुरवासीहरू सबै मिलेर भक्तपुरकाे सर्वाेपरी विकासकाे लागि व्यापक छलफल चलाई भक्तपुर विकास सहयाेग सङ्घ स्थापनाकाे आवश्यकता महसुस गरी पहिला प्रा.शिव प्रसाद धाैभडेल र तत्पश्चात् पुष्प भक्त मल्ल काे अध्यक्षतामा तदर्थ समिति गठन भएकाे र २०४८ भाद्र ६ गतेका दिन प्रा. ऐश्वर्य लाल प्रधानाङ्गकाे अध्यक्षतामा विधिवत रूपमा साेही नामले सङ्घ दर्ता भएकाे ” ऐतिहासिक चर्चा गर्नुभयाे । साथै उहाँले सङ्घकाे स्थापना पछि प्रा. प्रधानाङ्गकै पालामा भक्तपुरकाे वातावरण, कृषि, पर्यावरण, संस्कृति, सम्पदाकाे क्षेत्रमा विकासका पूर्वाधारहरू तयार भएकाे,
सूर्यविनायक मन्दिर निर्माण परियाेजना, वाराहीपीठ मन्दिर पुनर्निर्माण, भक्तपुर दरवार क्षेत्रका सम्पदाहरूकाे पुनर्र्निर्माणमा सहयाेग,च्वङ्गा गणेश मन्दिर परिसर पुनर्निर्माणमा सहयाेग, भक्तपुरकाे स्वास्थ्य, शिक्षा क्षेत्रमा विकास, जेसिजकाे पहिलाेपल्ट एम्बुलेन्स मगाउने कार्यमा सहयाेग, भक्तपुर अाैद्याेगिक मेलामा सहयाेग जस्ता थुप्रै अनुकरणिय कार्यहरू अविस्मरणीय दस्तावेजकाे रूपमा रहने बताउनुभयाे । कार्यक्रममा उपस्थित सङ्घका सल्लाहकारहरू , पूर्व अध्यक्ष, कार्यसमिति पदाधिकारी तथा सदस्यहरू र अाजीवन सदस्यहरूलाई कार्यक्रमका संयाेजक एवं सह काेषाध्यक्ष अमृत कायष्ठले कार्यक्रमकाे अाैचित्य माथि प्रकाश पार्दै सबैलाई स्वागत गर्नुभयाे । त्यसैगरी सङ्घका अध्यक्ष राजु मृगेन्द्र जाेशीले सहभागी सब‌ैलाई कृतज्ञता ज्ञापन गर्दै ” सङ्घकाे पूर्वजले कायम गरेकाे इतिहास लिएर वर्तमान परिवेशमा सबैकाे साथ, सहयाेग लिएर सफल परिचालन हुनु प्रमुख कारण रहेकाे र अग्रजहरूले देखाएकाे मार्गनिर्देशनमा कटिबद्ध भई लागिपर्ने ” बताउनुभयाे ।
सङ्घका सदस्य कृष्णेश्वरी हाडाले कार्यक्रम सञ्चालन गर्नुहुँदै सङ्घकाे यही भाद्र १४ गते शनिबार डि.डि. आइ. बैङ्क्वेट, बुद्धनगर, काठमाण्डाैमा बिहान ११ बजे हुन गइरहेकाे ३१ अाैं वार्षिक साधारण सभामा सङ्घका सम्पूर्ण सदस्यहरूकाे सक्रिय सहभागिता रहनेमा आफू विश्वस्त रहेकाे बताउनुभयाे ।
भक्तपुर विकास सहयाेग सङ्घले नियमित रूपमा प्रकाशन गर्दै आईरहेकाे “खाेपृङ” काे २७ अाैं अङ्ककाे नयाँ संस्करण साेही साधारण सभामा सार्वजनिकीकरण हुने जनाईएकाे छ ।