गोल्मढी भक्तपुरमा ताहामचा साँको सिं तयार
भक्तपुर, श्रावण १७ गते
आउँदै गरेको सापारु अर्थात गाईजात्रा पर्वलाई लक्षित गर्दै जय भिमसेन वचत तथा ऋण सहकारी संस्था लि. गोल्मढी भक्तपुरले आज स्थानीय समुदायलाई ताहा साँको सिं (परालको सिं) बनाउने तालिम दिएको छ । वर्ष दिनमा मान्छे बितेका घरको परिवारले मृतकलाई बैर्तनी तार्ने भन्दै गाई जात्रा पर्वको दिनमा गाई यात्रा गराउन यो सिं बनाउने तालिम दिएका हुन । सापारुका दिन भक्तपुरका नेवार समुदायले ताहा सां घुमाउने परम्परा रहेको छ । अन्यत्र मनाईने गाई जात्रा भन्दा भक्तपुरमा पृठककिसिमले मनाउने यो जात्राको मौकितालाई झल्काउँदै जय भिनसेन साकोसले यो परम्परालाई जोगाई राख्न परालको लु (डोरी बाढ्ने) र ताहा मचा साँको सिं बनाउने तालिम दिएको संस्थाका अध्यक्ष दशबहादुर मानन्धरले जनाएको छ ।
पूरानो पुस्ता विस्तारै हराउँदै जानु र नयाँ पुस्तामा यस्तो परम्परागत ज्ञानसिप नहुदा भविष्यमा नेवार समुदायको मौलिकता र सभ्यता नैं हराउने चिन्ता बढेको भन्दै सो संस्थाले यस पटक परालको सिं बनाउने तालिम दिएको बताउनु भयो । आज शनिबार विहान ८ बजे देखि १० बजेसम्म संस्थाको प्रांगण गोल्मढी भक्तपुरमा दिएको सो तालिममा २ दर्जन भन्दा बढी सदस्य समुदायले तालिममा सहभागि जनाएका थिए । सहभागि प्रशिक्षार्थीहरुले दर्जनौं सिं उत्पादन गरेका छन् । उत्पादित सिंलाई स्थानीय स्तरमा गाई घुमाउने परिवारलाई बितरण गर्नुका साथै बढी भएको सिंलाई पनि अन्य आवश्यक समुदायलाई निःशुल्क रुपमा वितरण गर्ने अध्यक्ष मानन्धरले जनाएको छ ।
घर आँगनमै रहेको परालको त्यान्ड्रोलाई बेर्दे गाईको जस्तो सिं बनाउने सिप गोल्मढी भक्तपुरका समुदायले एक्कैछिनमा सिकेका छन् । सहभागि सबै जसो किसान वर्ग नै भएकाले पनि हुनपर्छ एक्कै छिनमा परालको सिं बनाएर स्थानीय पाटीको खम्बाहरुमा सजाएका थिए । जय भिमसेन साकोसले निःशुल्क रुपमा दिएको सो तालिमको स्थानीय वडाध्यक्ष उकेश कवांले पनि अनुगमण गर्नु भयो ।
संस्थाका पदाधिकारी र सदस्य समुदायको सक्रियता र सहभागितामा आयोजित सो ताहा मचा साँंको सिं र लु (परालको डोरी) बनाउने तालिम सम्पन्न भएसँगै यस वर्षकालागि गोल्मढी भक्तपुरका समुदायलाई पुग्ने गरी ताहा मचा साँको सिं निर्माण कार्य पनि पूरा गरेको छ । सो स्थानमा यस वर्ष ५ जनाको निधन भएको चर्चा गर्दै स्थानीयले भन्ने ५ जोर सिं त यहाँकै तोललाई चाहिन्छ अन्य बढी भएको सिंलाई नगरका अन्य आवश्यक समुदायलाई दिने छौं । आवश्यक भएको समुदायले जयभिमसेन साकोस गोल्मढी भक्तपुरलाई सम्पर्क गर्न आग्रह गर्नु भयो ।
Featured Posts – Style 1
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...
ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
2026-07-19 Comments Off on ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रमभक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा...














