नेपाल ह्याचरी उद्योग संघद्वारा चल्ला उत्पादन तथा विक्री वितरण नगर्द व्यवसायीहरुलाई आग्रह

नेपाल ह्याचरी उद्योग संघद्वारा चल्ला उत्पादन तथा विक्री वितरण नगर्द व्यवसायीहरुलाई आग्रह
भक्तपुर, असार २२ गते
नेपाल ह्याचरी उद्योग संघले एक हप्ताकोलागि चल्ला उत्पादन तथा विक्री वितरण नगर्द व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले आज एक सूचना जारी गर्दै असार २३ अर्थात सोमबार देखि २९ असार आईतबारसम्म एक हप्ताकालागि ब्रोइलर तथा कलर ब्रोइलर चल्लाहरुको उत्पादन पूर्ण रुपमा बन्द गरी विक्रि वितरण नगर्न नगराउन अनुरोध गरेको छ । संघका महासचिव ज्ञानबहादुर विसुरालका अनुसार संघको असार २० गते बसेको ह्याचरी व्यवसायीहरुको विशेष भेलाले सो कुरा सर्वसम्मत्ले निर्णय गरेको थियो । पोल्ट्री व्यवसायमा बिगत केही महिना देखिको विषम परिस्थितीलाई सुधार गर्नकालागि सो निर्णय गरेको महासचिव विसुरालले जनाएको छ ।