११ वर्षपछि नगरकोट सडक निर्माणमा नगरपालिका आफै जुत्दै
भक्तपुर, असार २२ गते
विगत ११ वर्षमा नेपाल सरकारले ३०।३५ करोड रुपियाँ खर्चिसक्दा पनि पूर्णता नपाएको कमलविनायक नगरकोट सडक यही असार महिनाभित्र पीच हुने भएको छ । गुणस्तरीय आसपाल पीच गरेर सो सडकलाई पर्यटन मार्ग बनाउने गुरु योजना अनुसार चाँगुनारायण नगरपालिकाको १७ करोड लागत इष्टिमेटमा १४ करोडको ठेक्कालगाएर पीच कार्य भइरहेको नगर प्रमुख जीवन खत्रीले जनाएको छ । नगरपालिका क्षेत्रको करिव १४ किलोमिटर सडकलाई नगरकोट पर्यटन वर्षलाई लक्षित गर्दै नगरकोट सडक निर्माण कार्य भएको उहाँले बताए । केन्द्र सरकारलाई पटक पटक ताकेता गर्दा पनि गर्मीमा धुलो र वर्षामा हिलो गरी पर्यटकीय क्षेत्रको अपहेलना भइरहेको प्रति खेद प्रकत गर्दै नगर प्रमुख खत्रीले २२ मिटरको सडकलाई अहिले ७ मिटर भएपनि मर्मत तथा निर्माण कार्य गर्न थालेको जनाएको हो । सरकारको सडक निर्माण ठेक्काको कानूनी झनझतलाई छोडेर नगरपालिका आफैले सडक निर्माण कार्य थालेको बताउँदै नगर प्रमुख खत्रीले सडकको बाँकी कार्य नेपाल सरकारले गरिदिन्छ भन्ने विश्वासका साथ यही असार महिनाभित्र मौसमले साथ दिएमा पीच कार्य सम्पन्न गर्ने बताउनु भयो ।
सडक पीच गर्दा ढल र निकासको व्यवस्था अनिवार्य भएपनि हाललाई सडक पीच कार्य पूरा गर्ने लक्ष्य रहेको उल्लेख गर्दै नगर प्रमुख खत्रीले नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको प्रत्यक्ष निगरानीमा पीच कार्य भइरहेको जनाएको हो । नगरकोट सडकलाई पर्यटकीय मार्गको रुपमा फुटपाठ सहित विकास र व्यवस्थित पार्न नेपाल सरकारले पूर्ण जिम्मेवारी लिनुपर्ने धारणा राख्दै उहाँले हाललाई आउजाउ गर्न सहज हुने गरी सडक निर्माणमा नगरपालिका आफै जुतेको बताउनु भयो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














