हृदयराेग निवारण प्रतिष्ठान भक्तपुरले गर्याे २ महत्वपूर्ण कार्यक्रम

हृदयराेग निवारण प्रतिष्ठान भक्तपुरले गर्याे २ महत्वपूर्ण कार्यक्रम

नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाले २ वटा अलग संस्थाहरूसँगकाे संयुक्त अायाेजनामा BMI परीक्षण र स्वास्थ्य सम्बन्धी फिटनेस जाँच तथा महिलाहरूका लागि राताे संकट सूचक (Go Red for Women ) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेकाे छ ।
जसअनुसार पहिलाे कार्यक्रम भक्तपुरकाे उतरार्द्ध जीवन बचत तथा ऋण सहकारी संस्था लि.काे १८ अाैं स्थापना दिवसकाे अवसरमा संस्थाका अध्यक्ष अनन्त धाैभडेलकाे सभाध्यक्षतामा बसेकाे समुद्घाटन समाराेह कार्यक्रमकाे दाैरानमा उक्त सहकारीका सदस्यहरूलाई नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे महिला सशक्तिकरण उपसमितिकाे तर्फबाट BMI परीक्षण र रक्तचाप मापन कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । उक्त कार्यक्रममा प्रतिष्ठानका सभापति राजुराम मुनंकर्मीले BMI परीक्षण र रक्तचाप मापन कार्यक्रमकाे महत्वबारे चर्चा गर्नुभएकाे थियाे । उक्त BMI परीक्षणकाे नतिजा अनुसार २० वर्ष माथि १ जना, ३० वर्ष माथि १ जना, ४० वर्ष माथि ३ जना, ५० वर्ष माथि ३ जना , ६० वर्ष माथि १२ जना, ७० वर्ष माथि १४ जना र ८० वर्ष माथि ४ जना गरी जम्मा ३८ जना रहेकाेमा सामान्य २६ जना, अधिक ता‌‌ैल १० जना र अधिक माेटाेपना २ जना रहेकाे छ ।

   त्यसैगरी दाेस्राे कार्यक्रम अनुसार प्रतिष्ठानकाे महिला सशक्तिकरण उपसमिति र सी. वि.अार. संस्थाकाे संयुक्त अायाेजनामा प्रतिष्ठानका सदस्य र अन्य गरी जम्मा ४० जना सहभागीहरूलाई सी.वि. अार.का फिजियाेथेरापिष्ट साेनी कैंतीले फिजियाे सम्बन्धी विविध परीक्षण, व्यायामका विधिहरू,  फिटनेस परीक्षण र BMI परीक्षण सफलतापूर्वक सम्पन्न गरेकाे थियाे । 

कार्यक्रमकाे अन्तमा प्रतिष्ठानका अाजीवन सदस्य एवं जनस्वास्थ्यका ज्ञाता सकि थापाले महिलाहरूका लागि राताे संकट सूचक ( Go Red For Women ) बारे सचेतनामूलक प्रस्तुतिकरण गर्नुभएकाे थियाे ।