दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सात स्रष्टा सम्मानित एवम् पुरस्कृत
काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा शनिबार एक समारोहको आयोजना गरी स्रष्टाहरूलाई सम्मान र पुरस्कारहरू समर्पण गरेको छ । समारोहका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले दायित्व वाङ्मय विशिष्ट सम्मानबाट कवि रमेश खकुरेल (काठमाडौं) र समालोचक प्रा. डा. गार्गी शर्मा (काठमाडौँ) लाई सम्मानित गर्नुभयो । यसैगरी श्रेष्ठले दायित्व वाङ्मय सम्मानबाट साहित्यकारद्वय मधुसूदनप्रसाद घिमिरे (काठमाडौँ) र जीवनपानी (स्याङ्जा) लाई सम्मानित गर्नुभयो ।
प्रतिष्ठानको २६औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि श्रेष्ठले दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार (रु. बीस हजारसहित) साहित्यकार तथा साहित्यसेवी हरि मञ्जुश्री (काभ्रेपलाञ्चोक) लाई, दायित्व सीता पन्त स्रष्टा पुरस्कार (रु. पन्ध्र हजारसहित) रीता न्यौपाने पहारी (कास्की) लाई र हरिकला–गुणाकर दायित्व रचना पुरस्कार (रु. पन्ध्र हजारसहित) सरिता अर्याल (काठमाडौँ) लाई प्रदान गर्नुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अतिथि कल्याण श्रेष्ठले रामप्रसाद पन्तको संस्मरणसङ्ग्रह ‘उत्कृष्ट सत्ताइस स्रष्टा’ शीर्षकको कृति तथा दायित्व द्वैमासिकको १५२ पूर्णाङ्कको समेत लोकार्पण गर्नुभयो ।
समारोहमा प्रमुख अतिथि कल्याण श्रेष्ठले साहित्यकार र पाठकका बीच अन्योन्याश्रित सम्बन्ध रहन्छ भन्नुहुँदै साहित्यसेवा विशिष्ट सेवा हो भन्नुभयो । उहाँले निजीस्तरबाट लामो समयसम्म साहित्यसेवामा लागिरहनु सामान्य कुरा होइन, ठूलो त्यागले मात्रै यो सम्भव हुन्छ भन्नुभयो । भाषा–साहित्यको विकासका लागि साहित्यिक पत्रकारिताको ठूलो महत्व रहेको समेत श्रेष्ठले औँल्याउनुभयो ।
सो अवसरमा सभापति रामप्रसाद पन्तले आफूलाई काम गरिरहन मन लाग्ने बताउँदै सबैको स्नेहले दायित्व वाङ्मय प्रतिष्ठान क्रियाशील हुन सम्भव भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा लोकार्पित कृतिका बारेमा कृष्ण प्रधानले समीक्षा गर्नुभएको थियो भने सम्मानित–पुरस्कृत स्रष्टाहरूले सम्मानित–पुरस्कृत भएकामा खुसी व्यक्त गर्दै सम्मान र पुरस्कारले थप दायित्वबोध भएको बताउनुभयो ।
नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवाल, प्रतिष्ठानका सल्लाहकार प्रह्लाद पोख्रेल, महासचिव यादव भट्टराई, सदस्य डा. नम्रता पाण्डेलगायतले प्रतिष्ठानको गतिविधि एवम् सम्मानित–पुरस्कृत प्रतिभाहरूका बारेमा चर्चा गर्नुभएको सो समारोहमा प्रतिष्ठानका संरक्षक सूब सेन, सल्लाहकारद्वय कलाधर काफ्ले र अर्जुन विरक्ति, दायित्व द्वैमासिक पत्रिकाका प्रधान सल्लाहकार तथा प्रतिष्ठानका संस्थापक ठाकुर शर्मा भण्डारीलगायत साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














