त्यसपछि सुरु भयो धितोपत्र बोर्डका अध्यक्षमाथि प्रहार
काठमाडौं । सेयर बजारका केही खेलाडीहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको सेयरमूल्य बढाउन तथा घटाउनका लागि अन्तिम एक मिनेटमै चलखेल गर्न थालेपछि त्यसलाई नियमन गर्नुपर्ने चुनौति थियो । यो चुनौतिलाई स्वीकार गरेर बजार शुद्धिकरणको प्रतिबद्धतासहित नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षमा नियुक्त भएका सन्तोषनारायण श्रेष्ठले अन्तिम मिनेटमा हुने चलखेल बन्द गर्ने गरी कानूनी व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिए ।
आफ्नो नियुक्ति भएको दिनदेखि नै सेयर बजारको विकृति अन्त्यको प्रतिबद्धतासहित अगाडि बढेका सेबोन अध्यक्ष श्रेष्ठको निर्देशनको अक्षरंश पालना गर्दै नेप्सेले पनि बजारमा चलखेल गर्ने शक्तिशाली र ठूला लगानीकर्ताहरुको खेलोफड्को सधैंका लागि बन्द गरी नयाँ नियम ल्याइदियो ।
उसले बजारमा कारोबार हुने सेयरको अन्तिम मूल्य भारित औसतमा आधारित हुने व्यवस्था लागू गर्यो । योसँगै अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सो कम्पनीको सेयरको अन्तिम मूल्य तय गरियो ।
यो व्यवस्थाले अन्तिम एकमिनेटमा खेल गरी सोझा लगानीकर्तालाई फसाउने र उनीहरुबाट कित्ता लुट्ने वा उनीहरुलाई कित्ताहरु भिडाउने वर्षौदेखिको प्रवृति रोकिन पुग्यो ।
धितोपत्र बोर्डको अध्यक्ष बनेर आएका सन्तोषनारायण श्रेष्ठ यतिमा मात्र रोकिएनन् । संसदको सार्वजनिक लेखासमितिले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरुलाई आईपीओ निश्कासनको स्वीकृति नदिन निर्देशन दियो । त्यसको अक्षरंश पालना गर्दै धितोपत्र बोर्डले पनि सोहीअनुसार नियमावली तयार गरिदियो । यो व्यवस्थाका कारण अघिल्ला अध्यक्षहरुको कार्यकालमा नेगेटिभ नेटवर्थ हुँदा पनि अंकित मूल्य मात्र नभई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने र मिलेमतोमा सर्वसाधारण लगानीकर्ता लुट्ने खेल सधैंका लागि बन्द हुने अवस्था बन्यो ।
धितोपत्र बोर्डको अघिल्लो अध्यक्षको कार्यकालमा नेगेटिभ नेटवर्थ भएका कम्पनीहरुलाई आईपीओ निश्कासन गर्न दिइएको विषय अझै विवादमै छ । हालै महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले समेत त्यस्तो गलत कार्यप्रति प्रश्न उठाएको छ । अघिल्लो कार्यकालमा जस्तो पायो त्यस्तो कम्पनी खडा गरी आईपीओको नाममा जथाभावी गर्न बानी परेकाहरुलाई सन्तोषनारायणले लगाम लगाइदिए । ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओमा कडाई गरेपछि धेरैको सर्वसाधारण लुट्ने योजना तुहियो ।
सेबोन अध्यक्ष सन्तोषनारायण त्यतिमा मात्र सीमित भएनन् । उनले अझै अगाडि बढेर केही दिनअघि ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरुलाई आईपीओको पाइपलाइनबाटै हटाइदिए ।
अर्कोतर्फ, उनले पछिल्लो समय रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सझुाव आयोग, २०८० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन र हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनले सुझाएको विषयलाई कार्यान्वयनमा बढाउँदै व्यवसायिक उत्पादन नै सुरु नगरेका जलविद्युत कम्पनीलाई आईपीओ निश्कासन गर्न नदिने नीतिगत व्यवस्थातर्फ अगाडि बढेका छन् । बिजुली उत्पादन नै नगरी झोलामा खोला राखेर कागजी प्रोजेक्ट देखाई आईपीओको नाममा जनताबाट पूँजी संकलन गर्ने र त्यसको चरम दुरुपयोग गर्नेहरुको खेलोमेलो यो व्यवस्थातर्फ बोर्ड अगाडि बढ्दै गर्दा अन्त्य हुने अवस्था आएको छ ।
यो बीचमा सन्तोषनारायणले बजारमा हुने अनावश्यक चलखेल, सेयर कर्नरिङ, पम्प एण्ड डम्पको नाङ्गो नाच तथा सेयर बजारमा हुने गैरकानूनी लगानी लगायतलाई रोक्नका लागि भित्रभित्रै कडाई गर्न थाले । यो कदमले ठूला लगानीकर्ता, उच्च घरानाका व्यक्ति तथा ठूला सेयर खेलाडीले एकपछि अर्को झट्का भेटे । बजारको विकृति अन्त्यका लागि अगाडि बढेका अध्यक्ष श्रेष्ठ भविष्यमा समेत नरोकिने छाँटकाट देखिएपछि ठूला खेलाडीहरुको निद्रा हराउन पुगेको छ ।
कार्यकालको पहिलो ६ महिनामा सन्तोषनारायणले बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को ट्रेड म्यानेजमेन्ट सिस्टममा एउटा व्यवसायिक घरानाले गरेको हालीमुहालीलाई समेत रोक्न भित्रभित्रै केही कदम चाले । टिएमएसको भेण्डर कम्पनी वाइकोमार्फत बजारमा चलखेल गरिरहेको समूहको व्यापार हिट हुने गरी ब्रोकर आफैंलाई आईटीमा आत्मनिर्भर हुने विकल्प समेत खोलिदिए । वाइकोको टिएमएस चलाएर ५० रुपैयाँ प्रतिकित्ताको कम्पनीमा गर्ने गरिएको चलखेल अन्त्यका लागि अबदेखि ५० रुपैयाँ दरका आईपीओ ल्याउन नदिनेसम्मको बजार शुद्धिकरणको योजना अगाडि बढाए ।
त्यसपछि सुरु भयो प्रहार
बजारमा हुने चलखेल बन्द गर्न एकपछि अर्को कडा कदम चालेका उनीविरुद्ध त्यसपछि योजना नै बनाएर सुनियोजित प्रहार हुन थालेको छ ।
बजारको विकृति अन्त्य तथा थिति बसाल्ने अभियानमा रहेका सेबोन अध्यक्ष श्रेष्ठलाई सर्वसाधारणलाई यो वा त्यो बाहानामा लुटेर कुस्त कमाइरहेका औद्योगिक घराना, सानादेखि ठूला समूह र सेयर खेलाडीहरुले सुनियोजित प्रहार गर्न थालेका देखिएको छ ।
सेयर बजारको खेलोमेलो बन्द गरिदिएपछि छटपटाएका समूहहरुसँग पछिल्लो समय केही जलविद्युत कम्पनीको प्रवद्र्धकहरुको छलफल भई श्रेष्ठमाथि सुनियोजित प्रहार भएको स्रोतहरु बताउँछन् ।
श्रेष्ठमाथि जलविद्युत कम्पनीको आईपीओ निश्कासनका क्रममा ५ देखि ७ प्रतिशत कमिसन मागेको आरोप लगाइएको छ । तर, हालसम्म अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको भनिएको अडियो प्रमाण तथा म्यासेजमा कहीँ कतै पनि श्रेष्ठको संलग्नता पुष्टि हुन सकेको छैन । प्रमाण नै नभएका कारण अर्थमन्त्रालयले समेत श्रेष्ठमाथि छानबिन गर्न आवश्यक नठानेको त्यहाँस्थित स्रोत बताउँछ । ‘स्वार्थ समूहको सुनियोजित प्रहारमै काम गरिरहेको कर्मचारीको स्वाभिमानमाथि चोट पुग्ने गरी तत्कालै छानबिन समिति गठन भइहाल्नुपर्छ र उसलाई निलम्बन गरिहाल्नुपर्छ भन्ने विषय गलत छ ।’ अर्थमन्त्रालयका एक सहसचिव भन्छन्–‘हामीले अख्तियारसँग बुझ्दा उहाँहरुले पनि आरोप लगाइजस्तो प्रमाणहरु नभेटिएको र सेबोन अध्यक्षको संलग्नताको आधार समेत पुष्टि नभएको देखिन्छ ।’
बाहाना अनेक, टार्गेट नयाँ स्टक एक्सचेञ्ज
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठमाथि यो वा त्यो बाहानामा प्रहार हुने गरे पनि अन्तर्यको रहस्य भने फरक छ ।
बजारमा चलखेल गर्न नपाएको झोकमा, आफूले भनेकै बेला आईपीओको स्वीकृति नपाएको रिसमा र सेयर बजारमा पहिलाजस्तो जथाभावी गर्न नपाएको आवेगमा श्रेष्ठमाथि कमिसन मागेको जस्ता आरोपहरु लगाइए पनि यी सबै खेलको एउटै दिशा भने उनीमाथि छानबिन समिति गठनको वातावरण बनाउने र मुखमै रहेको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स आफूले लिने शक्तिशाली व्यवसायिक समूहहरुको योजना रहेको छ ।
सेबोन अध्यक्षमाथि लागेको आरोप छानबिनका लागि समिति गठन हुने अवस्था भयो भने श्रेष्ठ स्वतः निलम्बनमा पर्नेछन् । उनी निलम्बनमा परेपछि बजार सुधार, विकृति अन्त्यका लागि उनले चालेका कदम बीचमै तुहिनेछन् । त्योभन्दा ठूलो उनले टुंग्याउनै लागेको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स समेत आफैंले लिने वातावरण बन्ने व्यवसायिक समूहहरुको बुझाई देखिन्छ ।
‘अहिले सेबोन अध्यक्षमाथि भइरहेको प्रहारको एउटै तारो नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हो ।’ उच्च स्रोतले भन्छ–‘ठूला व्यवसायिक घरानाहरुबीचको नयाँ लाइसेन्स कस्ले लिने भन्ने लडाईंको शिकार सेबोन अध्यक्ष श्रेष्ठ र उनको करिअर परेको देखिन्छ । बाहिर जे जस्तो हल्ला चलाइए पनि यो सबै खेल सेबोन अध्यक्षलाई हटाउने र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स लिने स्वार्थबाट प्रेरित देखिन्छ ।’
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














