मध्यपुर ठिमी नगरपालिकाले मनाए आज २९ औं स्थापना दिवस

मध्यपुर ठिमी नगरपालिकाले मनाए आज २९ औं स्थापना दिवस
भक्तपुर, चैत्र १४ गते
मध्यपुर ठिमी नगरपालिकाले आज २९ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएर कृषि तालिम केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको मध्यपुर ठिमी नगरपालिकाले नगरपालिकाको स्थापना दिवसको अवसरमा मध्यपुर थिमीका विशेष व्यक्तित्व, साँस्कृतिकर्मी तथा उत्कृष्ठ कमचारी एवं निवृक्त कर्मचारीहरुलाई पुरस्कृत एवं सम्मानित व्यक्त गरेको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको सो स्थापना दिवससांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो ।


कार्यक्रममा बागमति प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठ, शकुन्तला श्रेष्ठ,धन्यश्वरी प्रजापति, भूवन केसरी श्रेष्ठ सहितका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।