४ महिला सहित २३ जनाले गर्यो स्थायी बन्ध्याकरण

४ महिला सहित २३ जनाले गर्यो स्थायी बन्ध्याकरण
भक्तपुर, चैत्र १२ गते
जनस्वास्थ्य कार्यालय भक्तपुरले भक्तपुर अस्पतालमा आयोजना गरेको स्थायी बन्ध्याकरणमा २३ जनाले सेवा लिएका छन् । कार्यक्रमका संयोजक सन्ध्या न्यौपानेका अनुसार चैत्र ७ र ८ गते भएको स्थायी बन्ध्याकरण शिविरमा ४ महिला सहित २३ जनाले स्थायी बन्ध्याकरण गरेको थियो । जनस्वास्थ्य कार्यालय भक्तपुरले निःशुल्क स्थायी बन्ध्याकरण तथा लामो अवधिको परिवार नियोजन सेवा शिविर कार्यक्रम अन्तर्गत महिलालाई इम्प्लान्ट र आई.यु.डी. सेवा र पुरुषलाई मिनि ल्याप र भ्यासेक्टोमी सेवा दिएको थियो । भक्तपुर अस्पताल र नेपाल परिवार नियोजन संघको सहकार्यमा जनस्वास्थ्य कार्यालय भक्तपुरले सो कार्यक्रम आयोजना गरेको थियो ।