
भक्तपुर, चैत्र ११ गते
कोरना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लक डाउन भक्तपुर जिल्लामा शान्तपूर्वक पालना भएको छ । अति आवश्यक काममा बाहेक समुदाय घरबाहिर आएका छैनन् । अतिआवश्यक काममा जानका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले पासको व्यवस्था गरेकाले अस्पताल लगायत इमजेन्सी काममा जान सहज भएको छ । जिल्ला प्रशासन कार्यालय भक्रपुर तथा प्रहरी प्रशासनको चोक चोकमा नियमित चेकजाँच, नियमन र गस्तिले सिंगो जिल्ला शान्त र सहरी छेत्र सुनसान रहेको छ । आज विहान ५ बजे देखि जिल्लाभर प्रहरी परिचालन गरि कोरना भाइरस बारे सचेतना दिदै अनावश्यक घर बाहिर नहिड्न आग्रह गर्दै आएको भक्तपुर प्रहरी उपरीक्षक सविन प्रधानले जानेको छ | अधिकास भक्तपुरबासी घर आँगनमै रहेका छन् भने कतिपय सुरक्षा जाँच नभएका क्षेत्रमा भने समुदाय निर्वारुपमा घर आँगन र आसपासका क्षेत्रमा दिन बिताउदै बसेका देखिन्छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अस्पताल जानु पर्ने विरामीका आफन्तहरु, अति आवश्यक खाद्य सामाग्री धुवानी गर्ने सवारी तथा पत्रकारहरुका लागि समेत पासको ब्यवस्था गरेको छ । विहान देखि अहिलेसम्म एक सय वटा सवारी साधनलाई अति आवश्यक अवस्थामा मात्र चलाउन आग्रह गर्दै पास वितरण गरेको प्रशासन कार्यालयका नारायण लघुले जनसञ्चार खवरलाई बताए ।












