भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता गर्ने

भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता गर्ने
भक्तपुर, २०८१ कार्तिक २७, मंगलबार
भक्तपुर नगरपालिकाले परम्परागत सांस्कृतिक प्रतियोगिताअन्तर्गत भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता गर्ने निर्णय गरेको छ । भक्तपुर महोत्सव निर्देशक समितिका संयोजक एवं प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ निर्देशक समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
महोत्सवकै अवसरमा बा“सुरी बाजा प्रतियोगिताका लागि प्रथम पुरस्कार रु. ५० हजार, दोस्रो पुरस्कार रु. ४० हजार, तेस्रो पुरस्कार रु. ३० हजार र सान्त्वनालाई रु. २० हजारसहित वाद्यवादनका सामाग्री सहित व्यवस्था गरेको उहा“ले जानकारी गराउनुभयो ।


बैठकमा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर महोत्सव प्रचारप्रसारको समय १ महिना मात्र बाँकी रहेको हुँदा भक्तपुर महोत्सवअन्तर्गत गठित विभिन्न समिति र उपसमितिहरु महोत्सव केन्द्रित गतिविधि र प्रचारप्रसारमा जोड दिन आग्रह गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने ५ दिने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति, उपसमितिहरु गठन गरिएको सोही क्रममा जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले महोत्सवलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रुपैया“ बजेट बिनियोजन गरिएको बताउ“दै महोत्सव सञ्चालनको क्रममा विभिन्न गतिविधि मार्फत रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।
बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो ।