भक्तपुरका अभिभावकहरु आफ्नो बच्चाको बौद्धिक विकासकालागि पनि ध्यान दिदैनन् !

भक्तपुरका अभिभावकहरु आफ्नो बच्चाको बौद्धिक विकासकालागि पनि ध्यान दिदैनन् !
भक्तपुर, कार्तिक २५ गते
पूर्ण खोप सुनिश्चित जिल्ला भक्तपुरमा पूर्ण खोप लिने कोही पनि अभिभावकलाई पुरस्कृत गर्न नपाएको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । आफ्ना नानी वाबुहरुको स्वास्थ्यलाई ख्याल गर्दै जनस्वास्थ्य कार्यालय भक्तपुरले गर्भा अवस्था देखि वच्चा जन्मेको ५ वर्षभित्र दिनुपर्ने सम्पूर्ण खोप र स्वास्थ्य परीक्षण पूरा गरेका अभिभावकलाई रु. ५ हजार नगद उपहार दिने घोषणा गरे पनि हालसम्म कोही पनि अभिभावकले दाबी गर्न नआएको बताएका हुन । स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुको पत्रकार तथा स्वास्थ्यकर्मीहरुसँग अन्तिरक्रिया गर्दै जनस्वास्थ्य कार्यालय भक्तपुरले आ.ब. २०८०।८१को समीक्षा गर्दै यस वर्षका वार्षिक कार्यक्रमहरु बारे जानकारी दिएका थिए । अभिभावकहरुले आफ्नो नानी बाबुहरुको शारीरिक र बौद्धिक विकासकालागि बालभिटा पर्याप्त रुपा वितरण गरिएपनि कुपोषणबाट बचाउन सही तरिकाले बालभिटा समेत नखुवाएको पाइएको जनाएको छ । दालभात र आलु खुवाएर भएपनि आफ्नो सन्ततीहरुको शारिरीरिक बृद्धि गरेपनि बौद्धिक विकासकलागि चाहिने १५ शुस्म तत्वयुक्त बालभिटा खुवाउन पनि अभिभावकहरु चुकि रहेकोप्रति ध्यानाकर्ष गराएका हुन ।


सरकारी, निजी, सहकारी एवं गैर सरकारी स्वास्थ्य संस्थाहरुमार्फत स्वास्थ्य सचेतनामूलक अभियमुखिकरणक विभिन्न कार्यक्रमहरु सहित पोषण सेवा सुद्धिदीकरण, पोषण प्रर्वधन, विषाधी न्यूनिकरण, सडक दुर्घटना रोकथाम तथा न्यूनिकरण, जिल्लास्तरीय महामारी प्रतिकार्य तथा पूर्वतयारी योजनाहरु सहितका कार्यक्रमहरु बारे जानकारी दिदै खोप अधिकृत दिपक अछामिले भक्तपुर जिल्लामा यस वर्ष १७ सय २९ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ ।
भक्तपुरमा विरामी बोक्ने एम्बुलेन्स ९।१० वटा मात्रै रहेकोले ख वर्गमा एम्बुलेन्स सेवा सञ्चालनको तयारी रहेको बताउँदै सञ्चालनमा रहेका एम्बुलेन्सहरुलाई स्नोतिको प्रयास जारी रहेको बताए ।
सरकारी अस्पतालहरुमा विरामीको चाप बढेको विषयमा जनस्वास्थ्य कार्यालयको ध्यानाकर्षण भएको भन्दै जनस्वास्थ्य कार्यालय भक्तपुरका निमित कार्यालय प्रमुख शान्तिराम खतिवडाले जनताको स्वास्थ्य सेवा सुघ्रित पार्न पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिदै कतिपय स्वास्थ्य कार्यक्रमहरु असार २४ गते मात्रै फुकुवा भएर आउँदा कार्यान्वयन गर्न नपाएको चर्चा गर्दै यस वर्ष त्यसो नभएमा जनस्वास्थ्य कार्यालय भक्तपुरको कार्यसम्पादा थप प्रभावकारी हुने दाबी गर्नु भयो । कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले जनस्वास्थ्यका विभिन्न चुनौतिहरु बारे सुझाबहरु प्रस्तुत गरेका थिए ।