सडक दुर्घटनामा पैदलयात्रीको मृत्यु परार चालक पक्राउ!
भक्तपुर
सडक दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुर्घटना पश्चात फरार रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो दिउँसो १२ः१५ बजेको समयमा भएको सडक दुर्घटनामा घाइते पैदलयात्री बिमला प्रधानाङ्गको उपचारकोक्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ठक्करबाट गम्भिर घाइते भएका प्रधानाङ्गको मध्यपुर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
घटना विवरण अनुसार सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित कटुञ्जेचोक स्थित सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्र. ०२(०२१ प्र. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले पैदलयात्री भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछे घर भई हाल भक्तपुर कटुञ्जे बस्ने बर्ष ६९ की बिमला प्रधानाङ्गलाई ठक्कर दिदा गम्भिर घाईते भएकी थिइन । दुर्घटना पश्चात उपचारमा रहेकी प्रधानाङ्गको आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले आज एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएका हुन ।
घटना पश्चात फरार रहेका २६ वर्षका सवारी चालक दिपक मानन्घरलाई भने प्रहरीले मोटर साइकल सहित नियन्त्रण लिएको छ । चालक मानन्घर रामेछाप सुनापाती गाँउपालिका वडा नं. ५ घर भई हाल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा न. १ दुवाकोट बस्दै आएका थिए । प्रहरी वृत्त जगातीले मानन्घरलाई नियन्त्रणमा राखि थप अनुसन्धान गरी रहेको सूचना अधिकारी नेउपानेले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












