सहकारीले व्यक्तिवादी भन्दा सामुहिकतालाई ध्यान दिनपर्ने
श्वेत भैरव साकोसको १७ साधारण सभा,
श्वेत भैरव वचत तथा ऋण सहकारी संस्था लिं. १७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नु हुँदै सांसद एवं नेमकिपा सचिव प्रेम सुवालले समुदायमा आधारित सहकारीले सामूहिक भावनाको जर्गेना गर्नुपर्नेमा जोड दिनु भयो । आज वल्ड दरवार पार्टि प्यालेसमा आयोजित १७ औं साधारण सभाको उद्घाटन एवं जेष्ठ सदस्यहरुलाई सम्मानित गर्नु हुँदै उहाँले व्यक्तिवादी सोचका कारण समाज पछि परेको बताउनु भयो १९३५मा भएको रुसी समाजवादी अभियानले १९६१सम्म पुग्दा विश्वकै दोस्रो र अन्तिरक्ष यान उडान सक्ने देश बनेको चर्चा गर्नु हुँदै सांसद सुवालले देशको राज्य व्यवस्था अनुसार राज्य र सरकारले सामाजिक कार्य नगरी नगरीकलाई व्यापार व्यवसायतर्फ उन्मुख गराउँदा व्यक्तिवादी सोच हाबी भएको बताउनु भयो । समाजवादी व्यवस्थामा सरकार आफैले व्यक्तिवादी कार्य न्यूनिकरण गर्दै समाजिक कार्य आफैले गर्ने उल्लेख गर्दै जनतालाई नागरिक शिक्षा दिन सके गलत कार्य नहुने र आफ्नो स्वास्थ्यप्रति सचेत रहने बताउनु भयो ।



बालबालिकालाई विज्ञान र गणित शिक्षा प्रभावकारी हुने कुरामा जोड दिदै सांसद सुवालले राम्रो शिक्षाले १०।१५ वर्षमै बालबालिका सक्षम बन्ने भएकोले शिक्षामा लगानी गर्न आग्रह गर्नु भयो ।
श्वेत भैरव साकोसका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा आयोजित सो साधारण सभामा भक्तपुर जिल्ला बचत संघका सचिव जगनाथ प्रजापतिले पैसा खुवाएर बहुउदेश्य सहकारी खोल्ने होडबाजीले जनताको धेरै पैसा डुबेको चर्चा गर्दै भक्तपुर नगरपालिका एउटा मात्रै यस्तो स्थानीय तह हो जस्ले त्यस्ता सहकारी दर्ता रोकेको थियो भन्नु भयो । जिल्ला वचत संघको सहकारी अभियानले सदस्य सहकारीहरु सुरक्षित रहेको बताउँदै उहाँले नामले मात्र सहकारी भएर नपुग्ने कामले सामुहिक हुन सक्नुपर्नेमा जोड दिनु भयो ।


ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डाक्टर मझेसप्रताप मल्लले जनस्वास्थ्यसचेतनाको आवश्यकतामा जोड दिदै अहिले निरन्तर परिरहेको पानीले निम्तिएको बाढी, पहिरोका कारण विभिन्न रोग लाग्न सक्ने भन्दै उहाँले सचेत र सुरक्षित व्यवहारका लागि आग्रह गर्नु भयो । मित्र सहकारीहरुको तर्फबाट सिद्धि गणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखा, संस्थाका सल्लाहकार नातीभाई ह्यौंवा, लक्ष्मी नारायण दुवाल भनपा ८ का वडाध्यक्ष केपी कोजू सहितका अतिथिहरुले गलत र सही समुदायमा आधारित सहकारीको पहिचान गर्ने माध्येम पनि सहकारीको साधारण सभा भएको बताउँदै समुदायको हितका लागि सहकारीले खेलि रहेको भूमिका र कमिकमजारीका बारेमा पनि औल्र्याई दिएर सहकारी अभियान प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भएको थियो । ९१७ पुरुष र ११६३ महिला एवं संस्थागत १५ गरी २०९५ सदस्य रहेको श्वेतभैरव सहकारीको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष लक्ष्मीप्रसाद दुवाल, सचिव रत्नप्रसाद संजूले प्रगति प्रतिवेदन, लेखा संयोजक सुनिल बोहजूले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।
















