भक्तपुर,असोज ७ गते
एसईई पूरक परीक्षा २०८०मा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । सोमबार सांझ प्रकासित नतिजा अनुसार परीक्षा दिएका २ लाख १० हजार ३२१ जना परीक्षार्थीहरु मध्ये १ लाख १९ हजार ४२५ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।सो परीक्षाबाट ९० हजार ८८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार जिपिए ३.६१ देखि ४ सम्म जम्मा १८ जनाले ल्याएका छन् । जिपिए ३.२१ देखि३.६० सम्म एक हजार ५१८ जनाले ल्याएका छन् । त्यस्तै जिपिए २।८१ देखि ३.२० सम्म २३ हजार ६२३ जनाले ल्याएका छन् । जिपिए २.४१ देखि २.८० सम्म ७४ हजार ४६० जनाले ल्याएको बोर्डले जनाएको छ । बोर्डका अनुसार जिपिए १.६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले २०८१ साउन २३ गते देखि ३१ गतेसम्म पूरक परीक्षा लिएको थियो ।












