४४ औं तःमुज्याको चिमुंज्या हुने
भक्तपुर, भाद्र २८ गते
नेपाल भाषा साहित्य तःमुज्या तथा सांस्कृति ब्वज्याले चिमुंज्या गर्ने भएको छ । ४४ औं तःमुज्याको पूर्व तयारी स्वरुप चिमुंज्या गर्न लागेको ४४ औं तःमुज्याका विकुराम तजलेले जनाएको छ । कमलविनायकस्थित लामुगःमा ४४ औं तःमुज्या गर्ने स्थलमै चिमुज्या गर्ने भएको उहाँले जनाएको छ । आगामी असोज २८ र २९ गते दुई दिनसम्म तःमुज्या गर्ने तयारीमा रहेको तःमुज्याले तःमुज्याको सानो स्वरुप चिमुज्या गर्ने भएको हो । भाद्र २९ गते शनिबार दिउँसो १ बजे लामुगःस्थित सरस्वती विद्या गृहमा चिमुंज्या गर्ने भएको सञ्चार समन्वय समितिका संयोजक समेत रहेका तजलेले जनाएको छ ।














