वरिष्ठ पत्रकार दीक्षितको निधन, आजै गर्यो, उच्चसम्मानका साथ अन्त्यष्टि
काठमाण्डौं, श्रावण ३१ गते
वरिष्ठ पत्रकार, साहित्यकार एवं दर्शनका त्रिआयामिक शिखर पुरुष मदनमणि दीक्षितको आज निधन भएको छ । उनको निधन पछि पशुपति आर्यघाटमा आजै उच्च सम्मानका साथ अन्त्यष्टि गरेको छ । १९७९ फाल्गुण ६ गते जन्मिनु भएका दीक्षितको आज विहान ४ बजे आफ्नै घरमा निधन भएको थियो । काठमाण्डौको कालिकास्थान बस्दै आएका दीक्षित निमोनियाको उपचारपछि घरमै आराम गर्दै आएका थिए । ९७ वर्षसम्म पनि पत्रकारिता र साहित्य लेखनमा सक्रिय दीक्षित १०२ वर्षको उमेरमा आज निधन भएको थियो ।

बुबा लक्ष्मणमणि दीक्षित र आमा विष्णुकुमारी दीक्षितको कोखबाट जन्मिएका दीक्षितलाई २०६९ सालमा माधवी ग्रन्थकालागि मदन पुरस्कारबाट सम्मान दिएको थियो । स्व.दीक्षितका माधवी उपन्यास, त्यो युग निबन्ध संग्रह, म रुँदै बिर्सन्छु संस्मरण, ऋग्वेद केही प्रमुख सूक्त, कसले जित्यो, कसले हार्यो कथा संग्रह सहित ४६ वटा कीर्तिहरु प्रकाशित छन् ।
आज विहान शौचालयमा बेहोस भएपछि उपचारकालागि हिमाल अस्पतालमा लगेको थियो । दीक्षितलाईलाई मुटु, मृगौला र स्वासप्रश्वास सम्बन्धि समस्या थियो । मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारबाट विभूसित दीक्षित नेपाली पत्रकाररिता क्षेत्रमा ९७ वर्षसम्म पनि सक्रिय थिए । उनका एक श्रीमती, ३ छोरा र एक छोरी छन् ।














