भनपा १०का कृषकहरुलाई पनि बालि विज्ञानको अभिमुखिकरण
भक्तपुर, श्रावण ३१ गते
भक्तपुर नगरपालिका वडा नं.१० कृषि समितिले धानबालीमा लाग्ने किरा तथा रोग व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । नगर कृषि समितिका संयोजक राजकृष्ण गोरा, वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको आतिथ्यतामा वडाकार्यालयको सभाहलमा आयोजित सो अभिमुखिकरणमा पछिल्लो चरणमा धानबालीमा देखिएको संक्रमण तथा रोग र उपचारका विधिहरुको जानकारी दिदै भक्तपुर नगरपालिका कृषि शाखाका कृषिविज्ञ रवि ख्याजूले सहभागि कृषकहरुकालागि बालि स्वास्थ्य उपचार विधि २०८१ बारे जानकारी दिदै धानबालीका प्रमुख शत्रु तथा मित्रु किराहरुको परिचयसँगै धानबालीमा लाग्ने रोग र संक्रमणबाट बचाउने तरिकाहरु बारे जानकारी दिएका थिए । बालीमा लाग्ने रोग र संक्रमणबाट बचाएर कसरी बढी उत्पादन गर्न सकिन्छ ? भन्ने विषयमा सहभागि कृषकहरुलाई सो अवसरमा अभिमुखिकरण दिएको वडा कृषि समितिका विकुराम तजलेले जनाएको छ ।

















