डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौंः देशका विभिन्न भागमा हैजा तथा डेंगीको संक्रमण देखिन थाले पछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थाले पछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालिन कदम अघि बढाएको हो ।
मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ । टोलीहरूले बिरामीहरूको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेका छन् । यसले हैजा थप फैलन नदिन र संक्रमण देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।
आगामी दिनमा थप समस्या आउन नदि केन्द्रीय, प्रदेश, तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी र अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ ।
डेंगी फैल्न नदिन लामखुट्टे नियन्त्रणमा जोड
देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेंगी प्रकोप नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणमा प्राथमिकता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका लागि सातै प्रदेशमा डेंगी परीक्षणका लागि प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले उल्लेख गरेको छ । डेंगी नियन्त्रणका लागि विनियोजित १० करोड रुपैयाँबाट प्रदेशसँगै स्थानीय तहमा समेत लामखुट्टेको वासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयले उल्लेख गरेको छ । प्रशिक्षण दिएका एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियन्त्रण तथा निदानमा परिचालन गरेको मन्त्रालयले संघीय अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजमा डेंगी नियन्त्रणका लागि सम्पर्क व्यक्ति तोकेर समस्या देखिएमा तत्काल रोकथामको कदम चाल्ने प्रबन्ध गरेको जनाएको छ ।
हालसम्म, मुस्ताङ, डोल्पा, हुम्ला, र जुम्लाबाहेक ७३ जिल्लाहरूमा ३३०० भन्दा बढी मानिसमा डेंगी संक्रमण पुष्टि भएको छ, जसमा एक जनाको मृत्यु भएको छ ।
डेंगी नियन्त्रणका लागि संघ, प्रदेश, र स्थानीय तहहरूबीचको सहकार्यलाई सुदृढ गर्न मन्त्रालयले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ तयार गरी सबै प्रदेश र स्थानीय तहमा पठाइसकेको छ । मन्त्रालयले बढी जोखिम देखिएका १३ वटा जिल्लाका १२६ स्थानीय तहमा डेंगी नियन्त्रणका लागि विशेष प्राथमिकता दिएर अल्पकालीन र दीर्घकालीन योजना समेत तयार पार्न प्रक्रिया थालेको छ ।
हाल डेंगी नियन्त्रणमा मन्त्रालयले डेंगी रोगबारे जनचेतना फैलाउन नेपाली भाषासहित १३ वटा अन्य भाषामा रेडियो सन्देश प्रशारण गरिरहेको छ । साथै, बिरामीका समस्या र जिज्ञासा समाधान गर्न टोल फ्री हटलाइन १११५ सञ्चालन गरिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी परीक्षणका लागि पर्याप्त निःशुल्क किट उपलब्ध गराउँदै जोखिममा रहेका जिल्लाहरूमा डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ समेत कार्यान्वयनमा लगेको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














