हनुमन्ते खोलामा फेरी डुवान
भक्तपुर, श्रावण २२ गते
पूर्वी भागहरुमा बढी पानी परेपछि हनुमन्ते खोलाका ततिय क्षेत्रहरु डुबानमा पर्न थालेको छ । यद्यपी अहिले पानी पर्न रोकिएपछि जल सतह कम हुन थालेको छ । आज रातीसम्म पनि पानी पर्न सक्ने भएकाले ततिय क्षेत्रहरु डुबानमा पर्न सक्ने भन्दै सरोकारवालाहरुले सर्व साधारणमा सर्तकता र पूर्वतयारीमा रहन आग्रह गरेको छ । आज विहान परेको पानीले हनुमानघाट, महेश्वरी खेल मैदानस्तरका ततिय क्षेत्रहरु डुवानमा परेको थियो ।















