आजबाट बालबालिकाहरुकालागि पोलियो थोपा खुवाउन सुरु
काठमाडौँ, साउन ९ गते । काठमाण्डौको टुकुचा खोलाको पानीमा पोलियोका जीवाणु भेटिएपछि सरकारले घोषणा गरेको पोलियो खोप अभियान आजबाट सुरु भएको छ । साउन ९ गते देखि १२ गतेसम्मका लागि काठमाडौँ उपत्यका तीन जिल्लाहरु काठमाण्डौ, भक्तपुर र ललितपुरमा पोलियो विरुद्धको खोप अभियान सुरु गरेको हो । उपत्यकामा आज विहान देखि पाँच वर्ष सम्मका बालबालिकालाई लक्षित गर्दै पोलियो विरुद्धको खोप अभियान सुरु गरेको छ । यो अभियान अन्तर्गत उपत्यकाका २ लाख ८० हजार बालबालिकाहरुलाई पोलियो थोपा खुवाउने लक्ष्य लिएको छ । भएका हुन ।
नियमित खोपमा पोलियोको खोप दिएइएको भएतापनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रुपमा पोलियो विरुद्धको खोप दिनुपर्ने बताइएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा।अभियान गौतमले लक्षित बालबालिकालाई नछुटाउने उद्देश्यले तीनै जिल्लाका घरघरमा गएर पोलियो विरुद्धको खोप लगाउने योजना रहेको जानकारी दिनुभयो । यो खोप अत्यन्त सुरक्षित र प्रभावकारी भएकाले आफ्ना बालबालिकालाई ढुक्कसँग खोप लगाउन डा।गौतमको सुझाव छ ।
उहाँ भन्नुहुन्छ,“सरकारले प्रयोग गर्ने खोप विश्व स्वास्थ्य सङ्गठनबाट गुणस्तर प्रमाणित भएको र नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागमा दर्ता गरिएको हुँदा आफ्नो बालाबालिकालाई खोप ढुक्कसँग लगाउनुस । ”
नियमित खोपमा पोलियोको खोप दिइएको भएतापनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियो विरुद्धको खोप दिन डा।गौतमको सुझाव छ ।
गत जेष्ठ १३ गते टुकुचा खोलाको पानी परिक्षणमा पोलियो भाइरस टाइप ३ पुष्टि भएपछि यो अभियान थालेको विश्व स्वास्थ्य संगठन, नेपालका डाक्टर रुपेश तिमल्सेनाले जनाएको छ । पुष्टि भएको पालियो भाइरस टाइप ३ ले महामारि नै हुन सक्छ भन्ने नभएपनि कमजोर बालबालिकामा संक्रमण भए क्षति पुर्याउन सक्ने भएकाले अनिवार्य रुपमा यो अभियान अन्तर्गत आफ्ना बालबालिकाहरुलाई पोलियो थोपा खुवाउन उहाँले आग्रह गर्नु भएको छ । हालै सञ्चालन गरेको आईपिभी खोप अभियानको बेला खोप दिएकोे भएपनि आफ्ना बालबालिकाहरुलाई अहिलेको पोलियो थोपा खुवाउँदा कुनै जोखिम नहुने बरु थप सुरक्षित हुने डाक्टर तिमल्सेनाले सुझाएको छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...













