नवनियुक्त प्रधानमन्त्री ओलीले गरे पद वहाली ,२२ सदस्यीय मन्त्री परिषद् गठन ।।

नवनियुक्त प्रधानमन्त्री ओलीले गरे पद वहाली ,२२ सदस्यीय मन्त्री परिषद् गठन ।।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद वहाली गर्नुभएको छ । आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पद बहाली गर्नुभएको छ । शपथ ग्रहण पछि उहाँ लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो । उहाँले आजै २२ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको हो । जसमा कांग्रेस, एमाले, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सहभागी भएका छन् ।


सरकारमा कांग्रेसबाट काँग्रेसका प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्री, रमेश लेखक, गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, दीपक खड्का उर्जा, तेजुलाल चौधरी खेलकुद र ऐनबहादुर शाही ठकुरी वन तथा वातावरण मन्त्री बन्नुभएको छ । यस्तै एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधी, देबेन्द्र दाहाल भौतिक पुर्वाधार, विद्या भट्टराई शिक्षा, दामोदार भण्डारी उद्योग, रामवीर राई रक्षा र राजकुमार गुप्ता, सङ्घीय मामिला तथा सामान्य मन्त्री मन्त्री बन्नुभएको छ ।
यसैगरी जनता समाजवादी पार्टी नेपालबाट प्रदीप यादव खानेपानी र नवलकिशोर साह सुडी महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएको छ भने लोसपाबाट शरतसिंह भण्डारी श्रम मन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शपथ ग्रहण पछि सबै मन्त्रीले पद बहाली गरेका छन् ।