लक्ष्मी नरसिंहको मन्दिरमा आज गजुर प्रतिस्थापन
भक्तपुर, असार ३१गते
भक्तपुरको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको पुनःनिर्माणाधिन मन्दिरमा आज गजुर राखेको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी श्रेष्ठको आतिथ्यतामा आज गजुर प्रतिस्थापन गरेको हो । मन्दिरमा गजुर राख्नु पूर्व भनपुखस्थित लक्ष्मी नरसिंह मन्दिरको मुर्ति राखेको स्थानमा विशेष पूजा गरी सो मन्दिरमा आज गजुर स्थापना गरेका हो ।


लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण निर्देशक समितिले २०७८ मंसिर २६ गते नेमकिपा अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेद्वारा सो मन्दिरको शिल्यान्यास गर्नु भएको थियो ।
लक्ष्मी नरसिंह मन्दिर पुनः निर्माण उपभोक्ता समितिले भक्तपुर नगरपालिकाको कुल लागत इष्टिमेट ३ करोड ७१ लाख २७ हजार ५सय १५ रुपियाँ ३८ पैसामा निर्माण थालिएको थियो । यस लक्ष्मी नरसिंह मन्दिर नेपालको एकमात्र शक्ति स्वभावको लक्ष्मी भएको नरसिंह मन्दिरको रुपमा मल्ल राजा जयस्थिति मल्लको पालामा बनेको इतिहासविद्हरुले बताएका छन














