मंगलबार देखि ललितपुरमा श्रमाधान रोजगार मेला शुरु गर्ने
शिक्षामन्त्रीले उद्घाटन गर्ने
२०८१ जेठ २८
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार देखि बाग्मती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भै सकेको मन्त्रालयले जनाएको छ ।
मेलाको बिषयमा जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उप सचिव एवम् बाग्मती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोशेढुगां साबित हुन हुने बताए । ‘स्वदेशमा नै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन मेलाले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने ।
मेलाले रोजगारी मात्रै हैन रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी ल्याउने, सीपमा निखारता कसरी ल्याउने भन्ने बिषयमा पनि जानकारी दिने उनले बताए ।
त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेलले दैनिक विदेशीएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्वपूर्ण भएको बताए । ‘नेपालमा रोजगारी नपाएर विदेशिनु पर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्राउनु पर्ने बाध्यतालाई सम्बोधन गर्नेछ,’ उनले भने ।
ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा मंगबार विहान ११ बजे शिक्षा, प्रविधि तथा विज्ञान मन्त्री सुमना श्रेष्ठले मेलाको उद्घाटन गर्नेछिन् । मेलामा बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मनत्री लक्ष्मण लम्साल सहितको उपस्थित हुनेछ ।
मन्त्रालयले आयोजना गरेको मेलाको संयोजन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ गर्नेछन् । मेला बुधबारसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा नीजि तथा सरकारी क्षेत्रका स्टल रहनेछ छन् ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














