भक्तपुरमा आईपिभि खोप अभियानको अन्तिम तयारी पूरा, करिव २६ हजार बालबालिका लाभावित हुने

भक्तपुरमा आईपिभि खोप अभियानको अन्तिम तयारी पूरा, करिव २६ हजार बालबालिका लाभावित हुने
भक्तपुर, बैशाख ११ गते
देशभर जेष्ठ १३ गते देखि २६ गतेसम्म पोलियो विरुद्धको खोप अभियान (आपिभि खोप) सञ्चालन हुँदै छ । २०७३ बैशाख देखि २०७६ असोजसम्म छुटेका बालबालिकाकालागि पोलियो रोग विरुद्धको खोप लगाउन यो अभियान सञ्चालनको तयारी थालेको हो । यसै अभियान अन्तर्गत भक्तपुर जिल्लामा तयारी तिव्र पार्दै अन्तिम तयारी पूरा गरेको भन्दै जनस्वास्थ्य कार्यालय भक्तपुरले आज अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो । जिल्लाका ४ वटै नगरपालिकाका स्वास्थ्य अधिकृत, स्वयमसेवकहरुको सहभागितामा आयोजित अभिमुखिकरणमा जिल्ला जनस्वास्थ्य अधिकृत अस्मिता ओझाले पोलियो विरुद्धको खोप अभियानको महत्व बारे प्रकाश पार्दै लक्षित वर्गका बालबालिकाहरुकालागि अनिवार्य रुपमा खोप सुनिश्चित गर्न स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई अभिमुखिकरण दिएको थियो । कार्यक्रममा खोप अधिकृत शान्तिराम खतिवडाले नेपालमा पोलियो निर्मूृलन गर्ने अभियान अन्तरगत नियमित खोप अभियान सञ्चालन भइरहेको भन्दै अहिलेको खोप अभियानका कार्यक्रमहरु बारे प्रकास पार्दै पोलियो जोखिम व्यवस्थापनमा स्वास्थ्यकर्मीहरुको भूमिका बारे प्रस्तुतीकरण गर्नु भयो ।
उहाँले सो खोप अभियान २०७३ बैशाख देखि २०७५ असोज महिना सम्म जन्मिएका बालबालिकाहरुकालागि भएको बताएका छन् । पोलियो विरुद्धको खोप खानु र सुई लिनुमा फरक भएको भन्दै उहाँले सुई मार्फत खोप लिनु प्रभावकारी र बालबालिकाकालागि जीवनभरकालागि सुरक्षित रहने भएकाले अनिवार्य रुपमा खोप दिलाउन आग्रह गर्नु भयो ।
भक्तपुरका ४ वटै नगरपालिकाहरुका विद्यालय र स्वास्थ्य चौकीहरुका खोप केन्द्र स्थापना गरी सो खोप अभियान सञ्चालनको अन्तिम तयारी गरेको छ । सो तयारी अन्तर्गत चाँगुनारायण नगरपालिका अन्तर्गत ६८ वटा खोप केन्द्रबाट ४,५८२, मध्यपुर थिमी नगरपालिकामा ७० खोप केन्द्रबाट ८,२००, सूर्यविनायक नगरपालिकामा ७४ खोप केन्द्र स्थापना गरी ७,८३२ र भक्तपुर नगरपालिकामा ४३ खोप केन्द्र स्थापना गरी ४,९१७ गरी जम्मा २५ हजार ५ सय ३१ जना बालबालिकाहरुलाई खोलियो विरुद्धको खोप दिदै छन् । सो खोप अभियान सफल पार्न २५२ खोप दिने स्वास्थ्यकर्मी र ५१० जना स्वय्मसेवकहरु परिचालन गरेको छ ।