भक्तपुरमा चन्देश्वरीको जात्रा

भक्तपुरमा चन्देश्वरीको जात्रा
राजा आनन्द देवको पाला देखिको चन्देश्वरीको जात्रा आज पनि जिबन्त मनाइएको छ । भक्तपुर नगरपालिका वडा नं.५ स्थित चासुखेलमा हिजो टिप्वा जात्रा सम्पन्न गर्दै आज राजाको पूजा थाप्न दरवार क्षेत्र पुगेको थियो भने तलेजुबाट पूजा थापेर दत्तात्रय मन्दिर परिसरमा अर्को पूजा थप्ने जात्रा हुने गर्दछ । यहाँ बनमालाहरुबाट पूजा दिने चलन छ ।
ऐतिहासिक नगरी भक्तपुरलाई परापूर्वकालमा थने क्वने र दथु गरी तिन भागमा विभाजन गरी सुरक्षा व्यवस्था अपनाउनेक्रममा थनेलाई ब्रम्हायणी मन्दिर र कोन्हेलाई बाराही र नगरको बीचको भागलाई चन्देश्वरी देवीले रक्षा गर्ने विश्वासका साथ यो जात्रा मनाउने परम्परा रहेको स्थानीय वासीहरुले जनाएको छ । राजा आनन्द देव त्रिपुरा दरवारमा रहँदा हरेकदिन बनेपा पुगेर चन्देश्वरीको पूजा गर्न जाने परम्परा आनन्द देव अस्वस्थ्य भएसँगै भक्तपुरको चासुखेलमा चन्देश्वरी मन्दिर स्थापना गरेको जनधारणा रहेको छ । यसैले पनि आज बनेपाको चन्देश्वरीमा भक्तपुरको पूजा थाप्ने परम्परासँगै घर घरबाट दियो बालेर लसकुस गर्ने परम्परा समेत रहेको स्थानीयवसाीहरुले बताए । बनेपामा चेन्देश्वरीको जात्रा एकदिनपछि हुनुको कारण नै भक्तपुरको चेन्द्ेश्वरीको टिप्वा जात्रा पछि बनेपाको चन्देश्वरीमा पूजा लाने परम्परा भएर भएको स्थानीय विजय मकाले बताए ।