प्रतिनिधिसभाका सांसदले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनीहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिए । सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । यस विषयले संसदमा आवश्यकता अनुसार प्राथमिकता पाउन नसकेको सांसद गिरिले बताउनुभयो । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने क्वारेन्टाइन स्थलका रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताउनुभयो । चीनबाट फर्काइएका नेपालीलाइ घना बस्तीभन्दा टाढा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैबीच, प्रतिनिधिसभाको बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेस भएका छन् । आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण दोस्रो संशोधन, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ विजन दोस्रो संशोधन र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६ पेस गरेका छन् । सङ्घीय संसद्को सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७६ राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा टेबुल गर्नुभएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
चाडपर्वलक्षितगरीभक्तपुरमायात्रुसहायताकक्षसञ्चालन, ७३१प्रहरीपरिचालनगरिने
2026-10-09 Comments Off on चाडपर्वलक्षितगरीभक्तपुरमायात्रुसहायताकक्षसञ्चालन, ७३१प्रहरीपरिचालनगरिने
चाडपर्व लक्षित गरी भक्तपुरमा यात्रु सहायता कक्ष सञ्चालन, ७३१ प्रहरी परिचालन गरिने भक्तपुर। नजिकिँदै गरेका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै जिल्ला...
चोरी तथा डाँका गर्ने समूह पक्राउ
2026-10-08 Comments Off on चोरी तथा डाँका गर्ने समूह पक्राउ
चोरी तथा डाँका गर्ने समूह पक्राउ भक्तपुर, असोज २२ भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पसल बन्द गरेर घर फर्किंदै गरेका खाद्य...
सल्लाघारीमा ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ सुरु: संस्कृति, व्यापार र मनोरञ्जनको सङ्गम
2026-10-08 Comments Off on सल्लाघारीमा ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ सुरु: संस्कृति, व्यापार र मनोरञ्जनको सङ्गम
सल्लाघारीमा ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ सुरु: संस्कृति, व्यापार र मनोरञ्जनको सङ्गम भक्तपुर। कला, संस्कृति र ऐतिहासिक सम्पदाको सहर भक्तपुरस्थित...
एभरेष्टको अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न
2026-10-08 Comments Off on एभरेष्टको अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न
एभरेष्टको अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न काठमाडौं । २१ असोज आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन...
खल्तीकोनक्कलीकर्मचारीबनेरअनलाइनठगीगर्नेगिरोहललितपुरबाटपक्राउ
2026-10-08 Comments Off on खल्तीकोनक्कलीकर्मचारीबनेरअनलाइनठगीगर्नेगिरोहललितपुरबाटपक्राउ
खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह ललितपुरबाट पक्राउ भक्तपुर। डिजिटल वालेट 'खल्ती' को आधिकारिक कर्मचारी बनेर सर्वसाधारणलाई ठगी...












