दादुरा–रुवेलाविरुद्धको खोप अभियान आबाट सुरु ।।
दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजबाट सुरु भएकोछ । दादुरा रुवेला सङ्क्रमणको जोखिम बढ्दै गएको पाइएपछि देशैभरि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको परिवार कल्याण स्वास्थ्य महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ वटा जिल्लामा यो अभियान सञ्चालन हुने छ । यी २ जिल्लामा भने भूकम्प लगत्तै खोप अभियान सञ्चालन गरिएको थियो । पूर्वदेखि पश्चिमसम्म भारतसँग सीमाना जोडिएका तराईका २१ र काठमाडौँ उपत्यकाका ३ गरी २४ जिल्लाका ९ महिनादेखि १५ वर्षसम्मका र बाँकी जिल्लामा ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ । दादुरा र रुबेलाबाट बालबालिकालाई बचाउन अनिवार्य रुपमा खोप खोप लगाउन आवश्यक रहेकाले आफ्नो वडामा तोकिएका खोप केन्द्रसम्म पुग्नुपर्ने प्रमुख डाक्टर गौतमले बताउनुभयो । सुरुमा विद्यालयहरूबाट खोप लगाइने र अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने छ । अभियान दादुरा र रुबेलाको भए पनि अन्य नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि अभियानका क्रममा खोप लगाइने भएकाले सम्भव भएसम्म खोप कार्ड लिएर जान पनि सरकारले अनुरोध गरेको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














