प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौला सम्मानित
मध्यपुर थिमि, मंसिर १०
बाबुकाजी श्रेष्ठ– स्व. वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिठानले प्रगतिवादी साहित्यकार, समालोचक, वरिष्ठ लेखक खगेन्द्र संग्रौलालाई स्व. वैकुण्ठहरि श्रेष्ठको ९० औं जन्मजयन्तीको अवसरमा सम्मान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष्ँ श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रगतिवादी साहित्यकार एवं प्रगतिशील कवि योगेन्द्र प्रधानले पानसमा दीप प्रज्वन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा लामो समयसम्म नेपाली जनतालाई प्रगतिवादीको चेतना आगृत गर्ने, समाजको कुरितिलाई बदल्न र हक अधिकारका लागि आवाज बुलन्द गर्ने प्रेरणा दिने प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौलालाई रू. ५१ हजार नगद पुरस्कार सहित दोसला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कवि मातृका पोखरेल, मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र ४ नं. वडाध्यक्ष बालकृष्ण पात्या श्रेष्ठले मन्तव्य राख्दै साहित्यकार संग्रौलाको बारेमा चर्चा गरेका थिए । “स्व. वैकुण्ठहरि श्रेष्ठको सिद्धान्त र पथमा लाग्नु आजको आवश्यकता हो” उहा“ले भन्नभयो । अहिले देश र राष्ट्र खतरामा छ, पू“जीवाद र साम्राज्यवादको चरम हावी हु“दै गएको छ, त्यसै हामी प्रगतिवादीहरुले सचेतना फैलाउनु पर्ने खा“चो छ त्यसैले प्रगतिवादी पक्षलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।”
प्रतिष्ठानका सचिव कृष्णमोहन जोशीले कार्यक्रम संचालन गर्नु भएको थियो भने सोही दिन बिहान मध्यपुर थिमि निगूपुखू (दुईपोखरी)मा रहेको स्व. वैकुण्ठहरि श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । उक्त माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्यहरु, गण्यमान्यवर्ग, वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, कृष्णलाल गोजा श्रेष्ठलगायत सहभागिता रहेको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













