नगरकोट सडक महोत्सवमा सबैलाई निम्तो
भक्तपुर, कार्तिक २० गते
नगरकोट सडक महोत्सवमा स्थानीय रैठाने मौलिक परिकार देखि पाँच तारे होटलसम्मका सेवा सडकबाटै दिने आयोजकहरुको तयारी छ । यही कार्तिक २३, २४ र २५ गते गरी तीन दिनसम्म आयोजना हुने सो महोत्सव बारे आज पत्रकार सम्मेलन गरी महोत्सवको अवधिमा नगरकोट, नाल्दुंग क्षेत्रका होटलहरुमा १० प्रतिशत छुटको व्यवस्था गर्ने बताए ।
आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङ्गले नगरकोटको पर्यटन प्रर्वद्धन तथा दिगो पर्यटनको विकासको माध्यमबाट पर्यकिय हवको रुपमा स्थापित गराई यसै क्षेत्रका स्थानीय कला, प्रतिभा, भाषा, सम्पदा एवं संस्कृतिलाई उपयोग गरी पर्यटकलाई थप आकर्षित तथा नगरकोटको सर्वागिंण सामाजिक विकासमा योगदान पुर्याउन नगरकोट सडक महोत्सव आयोजनाको तयारी थालेको जनाएको हो ।


स्वदेशी तथा विदेशी पर्यटकको गणन्तव्य स्थलको रुपमा नगरकोटको गुरुयोजना अनुसार विकास गर्न सडक महोत्सवले टेवा पुर्याउने अध्यक्ष गुरुङ्गको विश्वास छ ।
भट्टे डाडालाई महामञ्जुश्री चोक नामाकरण गरेर सडक महोत्सवको तयारी थालेको आयोजकहरुले महोत्सवमा प्रत्यक्ष सांगितिक, स्थानीय कलाको प्रस्तुती, लोक दोहोरी, स्थानीय खानाका परिकारहरु, कृषि मेला, चंगा चेट सहित आकर्षणहरु रहने जनाएको छ । महोत्सव स्थलमा २५ वटा स्थलहरु राख्ने तयारीे छ । नेपाल पर्यटन बोर्डलाई प्रर्वद्धकको रुपमा र गोर्खा व्रुअरीलाई प्रायोजकको रुपमा नगरकोट महोत्सव गर्ने भएको हो । सो महोत्सवमा चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाको विशेष सहयोग रहने तथा २०८२ सालमा चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट महोत्सवलाई भव्यरुपमा सफल पार्न सहयोगात्मक रुपमा नगरकोट सडक महोत्सव आयोजना हुने जनाएको हो ।


आयोजक समितिका उपाध्यक्ष एव चानपा ६का वडाध्यक्ष धनबहानदुर लामाले नगरकोट सडक महोत्सव भव्य रुपमा सफल पार्न सहयोग गर्न आग्रह गर्दै नगरकोट क्षेत्रको पर्यटन पवर्धनमा नगरकोट सडक महोत्सवले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले नगरकोट सडक महोत्सव स्वदेशी तथा विदेशी सबैकालागि भएकाले व्यापक सहभागिताका लागि आग्रह गर्नु भयो ।
नगरकोट, नाल्दुंग क्षेत्रमा रहेको ८२ वटा साना तथा ठूला होटलहरुले दैनिक ३ हजार भन्दा बढीलाई गुणस्तरीय गाँस र बास दिन सकिने तथा एक दिनकालागि दुई हजार देखि ८० हजारसम्मका गुणस्तरीय आवास एवं होटल सेवा उपलब्ध रहेको पनि आयोजकहरुले जानकारी दिए । एक पटकमा ७।८ हजार दर्शकहरुले महोत्सवको अवलोकन गर्न सकिने गरी नगरकोट सडक महोत्सवको तयारी रहेको आयोजकहरुको भनाई छ । अरु बेला भन्दा नगरकोट सडक महोत्वस २०८० विशेष हुने आयोजकहरुको धारणा छ ।













