छोरीको घर जेष्ठ नागरिक आश्रम सञ्चालन र प्रवर्धनार्थ श्रीमद् भागवतको भव्य तयारी हुँदै

छोरीको घर जेष्ठ नागरिक आश्रम सञ्चालन र प्रवर्धनार्थ श्रीमद् भागवतको भव्य तयारी हुँदै
भक्तपुर, असोज ५ गते
छोरीको घर जेष्ठ नागरिक आश्रम सञ्चालन र प्रवर्धनार्थ ताथलीमा श्रीमद् भागवतको अन्तिम तयारी थालेको छ । असोज ११ गते देखि २७ गतेसम्म आयोजना हुने सो भागवतको तयारी स्वरुप भोली मोटरसाईकल र्याली आयोजना गर्ने भएको हो । भक्तपुर आसपासमा घरदैलो प्रचार प्रसार गर्दै आएको सो आश्रमले बेसहारा, पिडित, गरीब र आधारभूट आवश्यकताबाट बञ्चित जेष्ठ नागरिकहरुलाई नि:शुल्क गास, वास, कपास र स्वास्थ्य सेवा प्रदान गर्न एवं धार्मिक तथा सांस्कृतिक महामहोत्सवको रुपमा श्रीमदभागवत आयोजनाको तयारी थालेको आश्रमका संरक्षक युवा भागवत कथा वाचक वालयोगेश्वर श्री विजय मूर्ती महाराजले आज आश्रमै पत्रकार सम्मेलन गरी भावगतको तयारी र आश्रमको गरु योजनाहरुबारे जानकारी गराएका हुन ।
भक्तपुर चाँगुनारायण धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमदभागवत विरात पितृ मुक्ति ज्ञान महायज्ञ २०८०को नामले हुने सो भागवत आयोजना हुन लागेको हो ।


१७ दिनसम्म चल्ने सो भागवतको अवधिमा दैनिक ५ हजार भक्तजनले भावगत श्रवण गरिने विश्वास आयोजकहरुको छ । आयोजनाकालागि ५० लाख देखि १ करोडसम्म खर्च हुने अनुमान गरेको छ भने व्यापक रुपमा प्रचार प्रसार भएको हिसाबले ५ करोड आर्थिक सहयोग जुत्ने विश्वास पनि आयोजकहरुले लिएको छ ।
अन्य बाह्य सहयोग नभएको तर व्यापक जनस्तरकै सहयोगबाट आश्रम सञ्चालनको तयारी थालेको जनाउँदै संरक्षक विजय मूत्र्तीले आफूले आश्रम निर्माणकालागि ३ रोपनी जग्गा किन्न ५० लाख जग्गाधनीलाई बैना दिइसकेको र सो रकम पनि आश्रमकै लागि आफ्नो तर्फबाट दान गर्ने तयारी रहेको पनि जनाए । असाहय जेष्ठ नागरिकलाई सेवा गर्ने बाहेक अरु आफ्नो उदेश्य नभएको भन्दै सके सोही स्थानमा बाल गृह सञ्चालन गर्न चाहेको पनि जनाएको छ ।
आयोजकहरुको अपेक्षा अनुसार सहयोग जुतेको खण्डमा आश्रम भित्र जेष्ठ नागरिक आश्रम, वृहत्त आध्यात्मिक केन्द्र, पाकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, सन्त निवास, एम्बुलेन्स सञ्चालन, अलौकिक दिव्य, राधाकृष्ण तथा पञ्चायन मन्दिर आदि निर्माण गर्ने गुरु योजना बनाएको छ । अवको ५ वर्ष भित्र यी योजना पूरा हुने गरी श्रीमदभागवतबाट धार्मिक तथा आर्थिक सहयोग संकलनको तयारी थालेको आश्रमले जनाएका हो।
आश्रम परिसरमै आयोजना हुने भागवत भव्यरुपमा सफल पार्न ६० वटा विभिन्न समितिहरु परिचालन गरी ५० हजार जनालाई निम्तो बाड्सिकेको आयोजकहरुको भनाई छ।
भवगतको अवधिमा ताथली निकैव्यष्ट हुने भएकोले भक्तजनहरुको आउजाउको लागि बसको समेत आयोजकहरुले व्यवस्था गर्ने जनाएको छ ।
सो ऐतिहासिक महायज्ञमा आश्रमका लागि जग्गा, जमिन (भूमिदान), तुलादान, खाद्यान्न दान, बत्तीदान, वस्त्र दान, अन्य जिन्सी सामग्री दान गर्न सकिने आश्रमले जनाएको छ । यसरी दान गर्नेहरुलाई विशेष सम्मान प्रदान गरिने आश्रमको तयारी छ । भागवत सुन्न आउने भक्तजनहरुको ५ सय १हजार वा इच्छाएको सहयोगबाटै पनि आयोजकहरुले आफ्नो उदेश्य पूरा गर्न सकिने विश्वास पनि आयोजकहरुको छ ।
श्रीमद भागवत पश्चात उठेको सहयोग सहित आश्रम स्थानीय नगरपालिकालाई हस्तान्तरण गरी व्यवस्थितरुपमा आश्रम सञ्चालनको तयारी रहेको समेत आयोजकले आज आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । सो छोरीको घर जेष्ठ नागरिक आश्रम सञ्चालन ७ जना जेष्ठ नागरिकहरु आश्रीत छन् । भविष्यमा १सय जना जेष्ठ नागरिकहरुलाई सुरक्षितरुपमा राख्ने आयोजकहरुको तयारी छ । आश्रम सञ्चालनकालागि ३६५ दिन भोजनदान गर्ने दातृहरुले नाम लेखाउनेक्रम जारी छ ।
श्रीमदभागवतको औपचारिक उद्घाटन आश्विन ११ गते दिउँसो १ बजेबाट हुने छ भने विशला कलश यात्रा आश्विन ११ गते विहान ७ बजे हुने आयोजकहरुले बताएको छ।