अविश्रान्त स्काउट पुस्तक लोकापर्ण
भक्तपुर, भाद्र २ गते
निवृत्त शिक्षक रामगोपाल कर्मचार्यद्वारा लिखित अविश्रान्त स्काउट यात्रा पुस्तकको आज भक्तपुरमा आयोजित एक समारोह बीच विमोचन भएको छ । नेपाल स्काउटका पूर्व मुख्य आयुक्त एवं वरिष्ठ स्काउटर रामबदन जोशीको प्रमुख आतिथ्यतामा भत्तपुरको एभरेष्ट स्कूलमा भएको समारोह बीच सो पुस्तकको लोकार्पण भएको हो । रामगोपाल सरको अविश्रान्त स्काउट यात्रा संस्मरण संग्रहको रुपमा प्रकाशित भएको छ । सो पुस्तकको संयुक्तरुपमा विमोचन गर्दै अतिथीहरुले रामगोपाल सरको व्यक्तिगत, पारिवारिकका साथै स्काउट जीवनका आयामहरुको खुलेर चर्चा र प्रशंसा गरेका थिए ।

स्काउट जीवन जीउने शिक्षा भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी जोशीले सो अवसरमा नेपालमा महिला स्काउट विकास गर्न निकै मेहनत गर्नुृपरेको चर्चा गर्नु भयो । स्काउटमार्फत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नेपालले स्थान पाएको स्मरण गर्दै उहाँले हरेक स्काउटरले साँझ सुत्ने बेला दिनको समीक्षा गरी के के राम्रो वा नराम्रो कार्य भयो सोको समीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिनु भयो । शरीर बुढो भएपनि डिमाग ताजै रहेको, मन र डिमागले अझै पनि योगदानको लागि तत्परता देखाईरहेको चर्चा गदै स्काउट बारेमा आआफ्ना अनुभवहरुलाई पुरस्तकका रुपमा प्रकाशित गर्नु पर्नेमा जोड दिनु भयो । रामगोपाल सरको अविश्रान्त स्काउट यात्रा पढ्न नपाए पनि सो पुस्तक विमोचन कार्यक्रममा सहभागि हुन ३ वर्षपछि घरबाट बाहिर आएर कार्यक्रममा सहभागि भएको बताउनु भयो । धेरै कार्यक्रम छोडे तर स्काउटर रामगोपाल कर्मचार्य सरको पुस्तक लोकापार्ण गर्न शारीरिक रुपले अशक्त भए पनि उत्साहका साथ सहभागि भए उहाँले बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य वयक्त गर्दै नेपाल स्काउटका संयोजक एवं कार्यक्रमका विशेष अतिथी लोकबहादुर भण्डारी, पूर्व प्रमुख आयुक्त श्रीराम लामिछाने, पूर्व सह प्रमुख आयुक्त रत्नराज निरौला, वाग्स एशिया प्यासेफिकका सदस्इ मैया त्वानाबासु, नेपाल स्काउट बागमती प्रदेशका संयोजक शिवराम अर्याल, अनुशीलन नेपाल र पुस्तकका सम्पादक जीवनाथ अधिकारी, कमला भक्त प्रतिष्ठानका संस्थापक कमला राजभण्डारीले विमोचित पुस्तकका विषयवस्तुहरु बारे चर्चा गर्दै स्काउट शिक्षालाई सामूहिक भावनाले मात्रै प्रवर्धन गर्न सकिने धारणा राखेका थिए ।
कमलाभक्त भण्डारी प्रतिष्ठानद्वारा प्रकाशित सो पुस्तक ५०५ प्रति बजारमा ल्याएको हो । १ सय ६० पृष्ठमा प्रकाशित अविश्रान्त स्काउट यात्राको ९२ पृष्ठमा लेखक रामगोपालका दृष्टिमा स्काउट र ९३ देखि १६० पृष्ठसम्ममा स्काउटरहरको दृष्टिमा रामगोपाल सामग्रीहरु प्रस्तुत गरिएको छ।













