भक्तपुर नगरपालिकाद्वारा १२७ जना विद्यार्थीहरूलाई रु. ७० लाख बराबरको छात्रवृत्ति वितरण
भक्तपुर, २७ साउन । भक्तपुर नगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई शनिबार एक कार्यक्रमबीच छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण १२७ जना विद्यार्थीहरुलाई रु. ७० लाख बराबरको छात्रवृत्ति सिफारिस पत्र आज प्रदान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीहरूले आफ्नो योग्यता र क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गरी देश र जनताको सेवामा समर्पित भएर लाग्न मार्गनिर्देश गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुको अर्थ उनीहरुको शैक्षिक विकासमा लगानी गर्नु हो भन्नुभयो । भक्तपुर नपाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई भक्तपुरमा उत्कृष्ट कलेजहरु सञ्चालन गरी दक्षता हासिल गर्ने अवसर प्रदान गर्दै आएको बताउँदै शिक्षालाई व्यापार बनाउनुहुँदैन र मेडिकल क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभ्यो ।
भक्तपुर नपाले छात्रवृत्ति सँगसँगै शैक्षिक ऋणको व्यवस्था गरी विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याइरहेको बताउँदै उहाँले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले अनुशासिन र इमानदार ढंगले अध्ययन गरी समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा छात्रवृत्ति वितरण समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शिक्षामा पनि विभिन्न किसिमका विकृतिहरु भित्रिरहेकोतर्फ विद्यार्थीहरु सजग हुनुपर्ने बताउँदै नयाँ पुस्ताका विद्यार्थीहरु सभ्य र सुसंस्कृत भई देश र समाजको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थी जीवनमा छात्रवृत्तिको धेरै ठूलो भूमिका रहने बताउँदै विद्यार्थीहरुले आफ्नै देशको सेवा गर्ने उद्देश्यले उच्च शिक्षा हासिल गर्न प्रेरित गर्नुभयो ।
उक्त कार्यक्रममा ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र नगर शिक्षा शाखा भक्तपुरका प्रमुख कृष्णप्रसाद कर्माचार्यले पनि विद्यार्थीहरुलाई मार्गनिर्देश गर्नुभएको थियो ।
भक्तपुर नपाले शैक्षिक वर्ष २०८०।८१ को लागि व्यवस्थापन संकायतर्फ ६७ जना, विज्ञानतर्फ ३८ जना, मानविकीतर्फ १० जना शिक्षातर्फ ६ जना र कानुनतर्फ ६ गरी जम्मा १२७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













