दुःख भुलाएर रमे ज्येष्ठ नागरिक
चाँगुनारायणा एक वडाका ज्येष्ठ नागरिक र एकल महिलालाई तिर्थघटन
दुःख भुलाएर रमे ज्येष्ठ नागरिक
सन्जिब दुलाल
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ ले आफ्नो वडामा रहेका ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई सामूहिक रूपमा तिर्थघटन गराएको छ ।
वडा भित्र रहेका ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई वडाले शनिवार दक्षिणकालीको दर्शन गराएको हो ।
काम गर्न सक्ने वर्ग आफ्नो रमाइलोका लागि पिकनिक वा अन्य क्षेत्रको भ्रमण अनि साथीभाइ भेट्न आफ्नो खुसीले जान सक्छन् तर ज्येष्ठ नागरिक एकल महिलाहरूको हकमा यो अलि कठिन नै हुने भएकाले आफूहरूले वडा भरका ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई तिर्थघटन तथा पिकनिकको आयोजना गरेको वडा अध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा भरका करिब ५ सय भन्दा बढीको सहभागिता रहेको थियो । ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा समस्या हुने भएकाले उनीहरूको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य स्वयंसेवीका लगायत भोलेन्टियरको पनि व्यवस्था गरेको थियो ।
ज्येष्ठ नागरिक तथा एकल महिलाहरूको उक्त तिर्थघटन तथा पिकनिकमा उनीहरूले पुराना साथीभाईहरुसँग भेटघाट तथा सुख दुःख साटासाट गरेका थिए ।















