रु.७ लाखमा मध्यपुरमा वः फेस्टिवल हुने

रु.७ लाखमा मध्यपुरमा वः फेस्टिवल हुने
मध्यपुर थिमी, बैशाख ३१ ग्ते
नेवार समुदायको बर्षको अन्तिम चाँड सिठि नखाःको अवसरमा मध्यपुर थिमीमा वः (बारा) महोत्सव हुने भएको छ । मध्यपुर पर्यटन विकास समितिको आयोजनामा जेष्ठ ६ गते सिठि नखाःको दिन मध्यपुर थिमी नगरपालिका वडा नं. ४स्थित दुई पोखरी प्रांगनमा वः (बारा) महोत्सव गर्ने भएका हुन । वः (बारा) को सांस्कृतिक महत्वलाई झल्काउँदै मध्यपुर थिमीको मौलिक उत्पादनलाई प्रोत्साहित र आन्तरिक तथा बाह्रय पर्यटक प्रवर्धनकालागि वः फेस्टिवल आयोजनाको तयारी गरेको आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले जनाए । अध्यक्ष प्रजापतिका अनुसार वः फेस्टिवलमा वःका विभिन्न ८।१० प्रकारहरु पस्कदै अन्य नेवारी खानाका परिकारहरुको स्थलहरु समेत राखेर फेस्तिवल आयोजना गर्ने भएका हुन ।


मध्यपुर थिमी नगरपालिकाको ५ लाख र स्थानीयहरुको दुई लाख गरी ७ लाख वजेटमा सो महोत्सव आयोजना हुने कुरा आज मध्यपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरुले जानकारी दिए । नेवार समुदायको विभिन्न मौखिक खानाका परिकार मध्ये मास, मुगीको रोटि अर्थात वः (बारा) हुन । फेस्टिवलले वःको परिचय र परिकारहरुको प्रस्तुतीकरणसँगै जेष्ठ ६ गते विहान १० बजे देखि साँझ ७ बजेसम्म वः फेस्तिवल आयोजना गर्ने भएका हुन । परम्परागत वःसँगै अहिलेको ब्यवसायिक वःलाई पनि स्थान दिएर मध्यपुर थिमीका पर्यटकिय गणतव्यको पहिचान, विकास र प्रर्वधन गरी समुदायको आय आर्जन गर्ने उदेश्यले वः फेस्टिवल गर्ने आयोजकहरुको उदेश्य छ । वः फेस्टिवल सफल पार्न रु३ लाख कुपन बुकिंगको सुनिश्चितता सहित वः फेस्टिवलको तयारी भएको आयोजकहरुको भनाई छ । रु. ५० देखि एक सय रुपियाँ सम्मका ८।१० प्रकारका मास, मुगी अण्डा, मासुका वःका परिकारहर महोत्सवमा पस्किन १५ वटा व्यवसायीक नेवारी रेष्टुरेन्टहरुका स्थलहरु राख्ने आयोजकहरुको तयारी छ । फेस्टिवलमा १५ वटा वःका स्थलहरु र अन्य १० वटा मध्यपुर थिमीको तिगनीको चिउरा सहित १० वटा मौलिक उत्पादन र हस्तकलाका सामग्रीहरुका स्थलहरु राखिने छ ।
क्यान्सर रोग बारे जनचेतना अभिवृद्धि गर्ने स्वास्थ्य शिविर र पोषणविज्ञको प्रस्तुती समेत राखेर वः फेस्टिवलबाट मध्यपुर थिमीको आथिर्क, सांस्कृति, सामाजिक र स्वास्थ्य सचेता दिने आयोजकहरुको तयारी छ ।
स्थानीय वडाध्यक्ष बालकृष्ण श्रेष्ठले भू वःको सांस्कृतिक महत्व बारे जानकारी दिदै मध्यपुर थिमी नगरपालिकाले मध्यपुर थिमीलाई पर्यटकीय गण्तव्यस्थलको रुपमा विकास गर्न यस्तो महोत्सबहरु नियमित रुपमा आयोजना गर्दै जानुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा सहभागि पत्रकारहरुले फेस्टिवल बारे विभिन्न जिज्ञासाहरु राख्दै वः बारे विस्तृत जानकारी आउने गरी स्थानीयको सहभागितामा फेस्टिवल आयोजना गर्न आयोजकहरुलाई सुझाएका थिए ।