विद्यालय बस चलाउन श्रमद् भागवत सप्ताह, उत्साहप्रद सहयोग
भक्तपुर, बैशाख २२ गते
चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ठमा चौठौ विद्यालयको रुपमा रहेको बागेहिनी माद्यमिक विद्यालयले विद्यालय बस सञ्चालन गर्ने उदेश्य पूरा गर्न श्रीमद् भागवत सप्ताह आयोजना गरेको छ । स्थानीय सार्वजनिक विद्यालयको विकास र प्रवर्धन गर्न समुदायको अपनत्व ग्रहण गराउँदै आवश्यक आर्थिक, भौतिक स्रोत जुताउन सप्ताह आयोजना गरेको हो । स्थानीय जनताका छोरो छोरीलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न आवश्यक शैक्षिक पुर्वाधार अन्तर्गत विद्यालय वस सञ्चालन गर्न सो सप्ताह आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सादुराम गैडाले बताए । सप्ताहको चौठौ दिनमा उत्साहप्रद सहभागिता र सहयोग भइरहेको भन्दै सप्ताहबाट करिव ६० लाख आर्थिक सहयोग जुताएर विद्यालयको आफ्नै बस सञ्चालन गर्नुका साथै खेलकूद मैदान निर्माण गर्ने लक्ष्य समेत लिएको प्रधानाध्यापक गैडाले जनाएको छ । विद्यालय प्रांगणमै आयोजित सप्ताहले विद्यालयको उदेश्य प्राप्तिकालागि विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधी र पूर्व विद्यार्थीहरुको सक्रिय सहभागिताका साथ लागि रहेको छ ।













