दोस्रो भक्तपुर कप–२०७९ शनिबार पनि जारी
भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिता शनिबार पनि जारी रह्यो । दोस्रो दिनको पहिलो खेल सिद्धि गणेश खेलकुद समिति र हेल्डी फुटसलबीच सम्पन्न भयो । खेलमा हेल्डी फुटसलले सिद्धि गणेश खेलकुद समितिलाई ०–२ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । उक्त खेलबाट हेल्डी फुटसलबाट प्रणय बासुकला उदयीमान खेलाडि घोषणा भए भने सोही टीमका लोक तामाङ खेलको उत्कृष्ट खेलाडि घोषणा भएका छन् ।
त्यस्तै दोस्रो खेल सूर्यविनायक नगरपालिका र सोल्टी नेपालबीच सम्पन्न भयो । खेलमा सूर्यविनायक नगरपालिकाले सोल्टी नेपाललाई १–३ ले पराजित गरी दोस्रो चरण प्रवेश गर्न सफल भएका छन् । खेलबाट सोल्टी नेपालका अनिल नगरकोटी उदयीमान खेलाडि घोषणा भएका छन् भने सूर्यविनायक नगरपालिकाका प्रज्वल कार्की उत्कृष्ट खेलाडि घोषणा भएका छन् ।
शनिबार नै सम्पन्न केदारनाथ सुटर्स र पीएफसी पाण्डुबजारबीचको तेस्रो खेलमा केदारनाथ सुटरले पीएफसीलाई १–३ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । खेलबाट केदारनाथ सुटर्सका सतिश सुवाल उत्कृष्ट खेलाडि घोषणा भएको छ भने पीएफसीका पुजन खड्का उत्कृष्ट खेलाडि घोषणा भएका छन् ।
प्रतियोगिताको तेस्रो दिन आइतबार द हिलिङ्ग होम एफसी र सृजनानगर एफसीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सीओबी र एपीएफ बलम्बुबीच हुनेछ । प्रतियोगिताको फाइनल फागुन १३ गते शनिबार हुनेछ ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...












