लोकेश्वर साकोसमा प्रमाण–पत्र तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं स्थापना दिवसको अवसरमा सम्पन्न विभिन्न प्रतियोगिताहरुको र संस्थाबाट नेपालभाषा साहित्य तःमुज्या प्रस्तुत प्रस्तुतीहरुको प्रमाण पत्र तथा पुरस्कार वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि सरोजराज गोसाईले कार्यक्रममा बोल्दै नया“ पुष्टामा रहेको सामाज प्रतिको फरक दृष्टिकोण र वास्तविकतालाई दर्शाउदै अहिलेका नया“ पुष्टाले आत्यधिक रुपमा सामाजिक संजालको प्रयोग गर्दै अएको हुनाले यसबाट निम्तिएका विभिन्न सामाजिक विकृति र विसंगतिको जोखिमको बारेमा चिन्ता व्यक्त गर्नु भयो । हाम्रो देशमा हाल अत्यधिक मात्रामा दैनिक उपभोग्य सामाग्री देखि कृषिजन्य वस्तु सम्म आयत बृद्धि हु“दै गएको जसले देशलाई नै अन्य विदेशि मूलुक स“ग परनिर्भर बनाएको बताउदै सहकारीले उत्पादन मूलक क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोडदिनु भयो । देशका सक्षम युवाहरु दिनप्रतिदिन विदेशिदै गएकोमा आपति जनाउदै यसको पछाडि नेपालको अस्थिर राजनीतिको दोष रहेको उहा“ले बताउनु भयो ।

अतिथि भनपा साविक १५ वडाका पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाले नया“ पुष्टालाई देशको राजनितिक अवस्था सम्बन्धी जानकारी दिनुपर्ने र सबै नया“ पुष्टाले राजनीतिक शिक्षा हासिल गर्नुपर्ने बताउनु हु“दै सहकारीले विभिन्न कार्यक्रम मार्फत राजनीति सम्बन्धी शिक्षा प्रवाह गर्नुपर्ने कुरामा जोडदिनुभयो । त्यस्तै भनपा २ नं. वडा अध्यक्ष एवं भनपा सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले सहकारी क्षेत्रमा गर्दै आएका विभिन्न अनुगमनाका विषयमा बताउदै देको मिवा इतापाको आयोजनाको जग्गाहरुको लालपु“र्जाको वितरण शुरुभएको बताउनु भयो । कार्यक्रममा बोल्दै बासुकलाले भनपामा भएको विकास निर्माण र गर्न बा“की कार्यहरु सम्बन्धी जानकारी दिनुभयो । संस्थाका पूर्व अध्यक्ष रामसुन्दर सुजखु र संस्थाका संस्थापक अध्यक्ष एवं भनपा जननिर्वाचि २ नं वडा सदस्य श्यामसुन्दर मातांले संस्था स्थापना कालदेखि हाल सम्म संस्थाले गर्दै आएका विभिन्न गतिविधि र संस्थामा आईपरेका उतारचराबहरुको बारेमा चर्चा गर्नुभएको थियो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष कान्छा भक्त घजुले संघबाट सहकारीका लागि गदैं आएका विभिन्न महत्वपूर्ण कार्यको जानकारी दिनुहु“दै सहकारीले सामुदायमा आधारित रहेर कार्य गर्दै आएकोेमा खुसि व्यक्तगर्दै आवश्यक सलाहसुझाव दिनुभएको थियो । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष राजन जतिले कार्यक्रममा बोल्दै संस्थाले अहिलेको वित्तिय क्षेत्र अस्थिर भइरहेको समयमा पनि सदस्यहरुलाई गुनस्तरीय सेवा सुविधाहरु प्रदान गर्न सफल भएको साथै संस्थाबाट सामाजिक उत्तरदायित्व वहन गर्ने विभिन्न क्रियाकलाप गर्दै आएको बताउनु भयो ।
संस्थाको १८औं स्थापना दिवसको अवसरमा भएको नेपाल भाषा स–स्वर वाचन, डोरी तान्ने प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता तथा प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने प्रशिक्षक तथा रेफ्रीलाई प्रमाण–पत्र तथा पुरस्कार प्रमुख अतिथि र अतिथिहरुबाट प्रदान गरिएको थियो भने कार्यक्रममा राजु छुकां र प्रशान्त मानन्धर लगाएतले पनि बोल्नु भएको थियो ।














