भक्तपुरका ३५ हजार बालबालिकालाई भिटामिन ए खुवाउँदै

भक्तपुरका ३५ हजार बालबालिकालाई भिटामिन ए खुवाउँदै
भक्तपुर, कार्तिक २ गते
कार्तिक २ र ३ गतेको राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान भक्तपुरमा पनि सुरु भएको छ । पहिलो दिनमा जिल्लाका हरेक वडा वडामा खतिएका महिला स्वास्थ्य सेयम्सेवीकाहरुले आ आफ्नो वडामा शिविर खडा गर्दै यो अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्ण मिजारले जनाएको छ । कार्यालय प्रमुख मिजारका अनुसार बालबालिकामा रोगसँग लड्ने क्षमता बढाउन, बाल मृत्यु दर घटाउन, र आँखाको कमजोरी हटाउन भिटामिन एको क्याप्सुल खुवाउने गरिएको छ । भक्तपुरका यो अभियानका लागि २७७ महिला स्वास्थ्य स्वयमसेवीकाहरु परिचालन गरिएको छ । छ महिनाको फरकमा भिटामिन एक खुवाउने गरेको बताउनु भयो । ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुका लागि भिटामिन ए र १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकाहरुकालागि अल्वाडाजोल जुकाको औषधी खुवाउने भएका हुन । यो अभियान अन्र्गत भक्तपुरमाा ३४ हजार ८४६ बालबालिकालाई भिटामिन ए र ३१ हजार १७६ लाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको कार्यालय प्रमुख कृष्ण मिजारले जनाएको छ ।