वागीश्वरीमा निर्देशनालयबाट अनुगमन
भक्तपुर, २९ भाद्र । वागीश्वरी मावि, च्याम्हासिंहमा बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयबाट अनुगमन गरियो । निर्देशनालयका नि. निर्देशक पूर्णबहादुर दर्जीका साथ सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख रुद्रहरि भण्डारी र निर्देशनालयका अधिकृत घनश्याम खनालसहितको टोलीले नमुना विद्यालय छनौट गरेपछि भए गरेका गतिविधिबारे समीक्षा ग¥यो ।
समीक्षाबाट नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्दादेखि क्रमशः विद्यार्थी सङ्ख्या वृद्धि भएको, कक्षा उन्नति दर बढेको, औसत सिकाइ उपलब्धि वृद्धि भएको र विद्यालयको भौतिक स्थिति सबलीकरण हु“दै गएको निष्कर्ष निकालियो भने भौतिक तथा शैक्षिक विकासका क्रियाकलापहरु सञ्चालन गरेकोमा सन्तोष व्यक्त गरियो ।
टोलीले अलग व्यवस्थापनसहित आधारभूत तहमा बालमैत्री विद्यालय सञ्चालन गर्ने, प्रविधि मैत्री शिक्षण सिकाइमा जोड दिने, फिडर विद्यालयलाई व्यवस्थापकीय सहयोग गर्ने, उपचारात्मक शिक्षण विधिको अवलम्बन गर्नेजस्ता विद्यालयको आगामी योजना प्रभावकारी बनाई विद्यार्थीको सिकाइ उपलब्धी अभिवृद्धिका लागि गुणस्तरीय शिक्षा प्रदान गरी एकाइसौं शताब्दीका योग्य जनशक्ति उत्पादन गर्न र नमूना विद्यालयको ‘नमुना’ विद्यालय बनी अनुकरणीय कार्य गर्न सफल होस् भन्ने शुभेच्छा समेत व्यक्त गरेको छ ।
समीक्षा कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले नमूना विद्यालय छनौट अघि २०७५ साल र छनौटपछि २०७८ सम्मको शैक्षिक, भौतिक उपलब्धिका तथ्यगत कुरामा श्रव्यदृश्य सामग्रीमार्फत प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले बाग्मती प्रदेश सरकारबाट प्राप्त आर्थिक अनुदानबाट भए गरेका कार्य विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालय र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले छिमेकी सामुदायिक स्कुलहरु सबल बनाउन विद्यालयले खेल्दै आएका भूमिका माथि प्रकाश पार्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














