वागीश्वरी कलेजमा सामाजिक सर्वेक्षणको तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रम

वागीश्वरी कलेजमा सामाजिक सर्वेक्षणको तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रम
भक्तपुर, २३ श्रावण । वागीश्वरी कलेज, कमलविनायकमा स्नातक तहको प्रथम वर्षमा समाजशास्त्र अध्ययनरत विद्यँर्थीहरुले यही श्रावण १० गते सम्पन्न सामाजिक सर्वेक्षणको तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
उक्त तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले भक्तपुर नगरमा जनप्रतिनिधिहरु तथा किसानहरुले अहोरात्र खटिई गरेको सरसफाई नै सामाजिक क्रान्तिको उदाहरण भएको प्रस्ट्याउ“दै सुरुवाती सरसफाईका दिनहरुमा सामाजिक भेदभाव र छुवाछुट विरुद्ध कठिन सङ्घर्ष गरेको घटना स्मरण गर्नुभयो । हरेक राम्रो कामको सुखद परिणाम आउन समय लागेपनि त्यसको लागि गरेको त्याग र तपस्या खेर नजाने कुरामा उहा“ले जोड दिनुभयो ।


उपत्यकाका तीन शहरमध्ये भक्तपुर नगर सफा र व्यवस्थित भएको कुरा पाठ्यपुस्तकमा छापिनु नै देशैभरि सकारात्मक सन्देश प्रवाह हुुनु हो भन्दै उहा“ले वर्तमान समयमा छुवाछुट र लैङ्गिक भेदभावमा व्यापक कमी आएको विचार राख्नुभयो । उहा“ भन्नुहुन्छ, “छोराले बासी भात खान नहुने, जुठो खान नहुनेजस्ता कुरा अब इतिहासको पानामा सीमित भइसकेको छ ।”
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षक तयार भए विद्यँर्थी तयार हुने बताउ“दै कक्षाकोठाको सिकाई व्यवहारमा उतारी समाजसम्म प्रसार गर्नुपर्ने कुरामा जोड दिनुभयो । वागीश्वरी कलेजका विद्यार्थीहरुले गरेका सर्वेक्षणको विश्लेषणको आधारमा स्थानीय तहले नीति निर्माणको कार्यक्रम ल्याउनु सुखद रहेको चर्चा गर्दै अध्ययन अनुसन्धानले विद्यार्थीको चेतनास्तर फराकिलो बनाउनुका साथै आत्मविश्वास समेत बढाउने विचार राख्नुभयो ।
समाजशास्त्रका शिक्षिका सुशिला कर्माचार्यले समाजको अध्ययन गरेका विद्यार्थीहरुले समस्त नागरिक र समुदायलाई सचेत गर्दै परिवर्तनतर्फ अभिप्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
मानविकी संकायका प्रमुख राजन फेलुले विद्यार्थीहरुको अध्ययन अनुसन्धानले थप मूर्त रूप लिने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा ‘लैङ्गिक असमानता’ को प्रस्तुती दिने विद्यँर्थीहरुमा अञ्जली सुवाल, सुजिता मचामसी, रोजिना ख्यूञ्जू, सविना वन, रमिला ख्याजू, विनिता तिमिल्सिनाले दिनुभएको थियो भने देवका कार्की, सुजिता विक, सुमन मचामसी, सोनु खत्री, वितिसा थापार रोहन सैंजू, सविता फुयाल र राधिका केसीले ‘फोहोर मैला व्यवस्थापन’ विषयमा प्रस्तुती गर्नुभएको थियो ।
समाजशास्त्रका शिक्षक अम्बर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई विद्यार्थी रेशा बासीले सञ्चालन गर्नुभएको थियो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।