नवदुर्गा भवानीको उद्गम द्योछेँ भक्तपुर नपालाई हस्तान्तरण
२०७९ साउन १९ गते, बिहीबार
भक्तपुर नपा साविक ११ नं. वडा हाल वडा नं. ५ टौमढीको स्वाँमला मार्गभित्र अवस्थित सार्वजनिक पसःछेँ चोकमा रहेको कित्ता नं. १६७ को नवदुर्गा देवगणको उद्गम आगँछेँ भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नवदुर्गा आगँछेँलाई गुठी, पर्व र पूजा अर्चना आदि प्रयोजनमा आगँछेँका गुठीयारहरुलाई प्रयोग गर्न दिने गरी गुठीयार सरोजप्रसाद वैद्य समेतका गुठियारहरूले उक्त आगँछेँ भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिलाई मिति २०७९ साउन १६ गते सोमबार हस्तान्तरण गर्नुभएको थियो ।
लामो समयदेखि संरक्षणको अभावमा लोपोन्मुख अवस्था रहेको उक्त आगँछेँ संरक्षणको लागि आगँछेँका गुठीयारहरुले उक्त जग्गा भक्तपुर नपालाई हस्तान्तरण गर्ने निर्णय गरेको गुठियार सरोजप्रसाद वैद्यले बताए ।
सार्वजनिक सम्पदा संरक्षणको जिम्मा नगरपालिकालाई दिएकोमा नगर प्रमुख प्रजापतिले आगँछेँका सम्पूर्ण गुठीयारहरुलाई धन्यवादज्ञापन गर्नुहुँदै भक्तपुर नपाले नवदुर्गा देवगणको आगँछेँलाई विशेष महत्व दिई संरक्षण र सम्बद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














