सहकारी निर्देशन सकारात्मक: मेयर जीवन खत्री
२०७९ असार २१, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, कोपमिस र गोएएमएल” विषयक अन्र्तरक्रिया कार्यक्रम नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटीमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सहकारी निर्देशन समुदायमा आधारित सहकारी संस्थाको लागि सकारात्मक रहेको बताउनुभयो । निर्देशन गैरसमुदायीयक संस्थालाई नियम संगत संचालन गर्न सचेत गराएकोछ । निर्देशन समुदायमा आधारित सहकारी संस्थाको पक्षमा रहेकोले यसको पालना गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । उहाँले चाँगुुनारायण नगरपालिकाले स्थानीय सहकारी संस्थाको प्रबद्र्धन र विकासका लागि नगरसभाले नीति तथा कार्यक्रम सहित बजेट समेत पारित गरेको कुरा बताउनुभयो ।
![]()

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुत गर्नुभयो । निर्देशनको समिक्षा गर्दै सो निर्देशन सकारात्मक रहेको बताउनुभयो । निर्देशनमा हाल प्रक्रिया नपु¥याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिकाबारेमा प्रस्तुत गर्नुभयो । साथै नयब्ःी मा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत प्रस्तुतीकरण गर्नुभयो । राज्यले सहकारी प्रबद्र्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गरिने भएकोले कोपमिस र नयब्ःी सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति संघका संचालक एवम् उपसमितिका सन्तोषी खतिवडा कार्यक्रममा प्रस्तुत भएको ३५ बुँदे निदेशन, कोपमिस र नयब्ःी मा आबद्धता संस्था अझ नीतिगत रुपमा सबल हुन्छ । हाल सहकारी ऐन, नियम र निर्देशनको पालना नगर्ने सहकारीहरु समस्याहरु देखिएको छ । ती समस्याले गर्दा सहि ढंगले संचालन गरेका सहकारीलाई पनि लजित र अविश्वासको वातावरण सिर्जना हुनेतर्फ सचेत गराउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपसमितिका सदस्य सालिकराम लामिछानेले गर्नुभयो । अन्र्तक्रिया कार्यक्रममा चाँगुनारायण नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ३१ जनाको सहभागिता रह्यो । कार्यक्रमको संचालन उपसमितिका सदस्य लिला नाथ निरौलाले गर्नुभयो ।













