गःपलि टोल सुधार समितिद्वारा जनप्रतिनिधीलाई बढाई तथा शुभकामना

गःपलि टोल सुधार समितिद्वारा जनप्रतिनिधीलाई बढाई तथा शुभकामना

भक्तपुर, २७ जेठ । गःपलि टोल सुधार समितिको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ मा भक्तपुर नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा वडा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम–२०७९ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय समितिका सदस्य एवम् भक्तपुर नगरपालिका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा साइनिङ्ग एकेडेमीको प्राङ्गणमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनता राम्रो भए चुनिने नेतापनि राम्रो हुने भएकोले शासक दलका नेताहरुले पैसा खर्च गरेको सार्वजनिक सञ्जाल र समाचारमा आएको तर्फ ईङ्गित गर्दै पैसा र भोजमा विकेर मत दिए भ्रष्ट्रचारी नेता पाउने बताउँदै जथा राजा तथा प्रजा उखान होइन जथा प्रजा तथा नेता हुने बताउनुभयो । उहाँले भक्तपुरमा नेमकिपाका उम्मेदवारहरुले पैसा खर्च गर्दैन बरु जनताले सहयोग गरेर अत्याधिक मतले विजय गराएको तर्फ भक्तपुरबाट सिक्नु पर्ने बताउनुभयो । उहाँले संख्याभन्दा विचार महत्वपूर्ण भएको बताउँदै चीन, भारत र अमेरिका ठूलो भएपनि सार्वभौमिकता सबैको बराबर र महत्वपूर्ण हुने बताउनुभयो । शासक दलका पूर्व प्रमहरुले भक्तपुर बाहेक खराबलाई मतदान गर्नुपर्ने र सिक्नुपरे भक्तपुर जानु भनि सार्वजनिक अभिव्यक्तिले भक्तपुरमा राम्रो कार्य भएको प्रमाणित हुन्छ उहाँले भन्नुभयो । उहाँले देशकै फोहर ठाउँ एसिया कै सफा शहर बन्न सफल भएको र शिक्षामा पछाडि परेको भक्तपुरमा सरसफाई र शिक्षामा क्रान्ति नै भएको छ भन्नुभयो । उहाँले विदेशी सहयोग बिना १२४ सम्पदा पुनःनिर्माण गरेको बताउँदै काठमाण्डौंको भन्दा जेठो रानी पोखरी जिर्णाद्धार गरेको बताउनुभयो । उहाँले तीन सय बर्ष पुरानो पाँचतल्ले मन्दिर जिर्णोद्धार जनताको सहयोगमा गरेको बताउँदै कुनैपनि भुकम्पबाट नभत्किएको पाँचतल्ले मन्दिरको बनावट र बास्तुशास्त्रबारे ख्वप ईन्जिनियरिङ्ग कलेजमा पढाउने गरेको बताउनुभयो । उहाँले घरमा पानी शुद्धिकरण गर्नुको सत्ता पानीको मुहान नै सफा गरे घरघरमा पानी शुद्धिकरण गर्नु नपर्ने बताउँदै नर्सिङ्ग कलेज सय शैय्याको बेड नभएकोमा माओवादीका शिक्षामन्त्रीले बन्द गराएको दुःख व्यक्त गर्देै अहिले सय शैय्याको अस्पताल स्विकृति दिएकोले नर्सिङ्ग संचालन गर्ने बताउँदै ख्वपमा पढ्न सबैले फोन गर्ने तर बढी भन्दा बढी पढाउन मन्त्रीहरु स्वय्मले सहयोग नगर्ने बताउनुभयो । उहाँले मेडिकल कलेज सहित विश्व विद्यालय स्विकृति नदिएकोले शिक्षा विरोधि सरकार भएको बताउँदै नयाँ नयाँ विश्वविद्यालयसंग सम्बन्धन लिएर नयाँ नयाँ कलेजहरु खोल्ने बताउनुभयो । उहाँले सरकारले एघार प्रतिशतमात्र शिक्षामा बजेत छुट्याएको बताउँदै आधारभुत तह पूर्ण निःशुल्क र अनिवार्य र माध्यामिक तह निःशल्क गर्न तीस प्रतिशत बजेत छुट्याउनु पर्ने बताउनुभयो । उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनााउने, सुन्दर सफा नगुर बनाउन नगरबासीहरुले पनि आफ्नो कर्तव्य पालना गरी सहयोग गर्नुपर्ने काठमाण्डौंमा देखिएको फोहरको समस्या समाधान गर्न घरघरबाटै फोहर छुट्याई संकलन गर्नु पर्ने र नकुहिने फोहरको बेचविखन गरी आयआर्जन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नेपाल कै उत्कृष्ट बन्नुमा अग्रज कार्यकर्ता र नेताहरुको देन र नगरबासीहरुको सहयोग रहेको बताउनुभयो । उहाँले निर्वाचन घोषणापत्र अनुसार शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण गरी नगरबासीहरुको साँस्कृतिक स्तर उठाउन समेत कार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार एवम् भक्तपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबञ्जारले नेपाल कै सर्वोकृष्ट नगर बन्न सफल भएकोमा नगरले फुटपाथ पसलको व्यवस्थापन, चोरी, फोहरमैला व्यवस्थापन र प्लाष्टिक बाल्न नदिने तर्फ व्यवस्थापन गर्न नगरपालिकालाई सुझाव दिनुभयो ।
कार्यक्रम गःपलि टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित भक्तपुरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँहरु उत्तरोत्तर प्रगतकिो कामना गर्दै सु–स्वास्थ्य एवम् दीर्घायुको कामनाका साथ कार्यकालको सफलताको कामना गर्नुभयो । उहाँले “टोलको सुधार गरौं, सभ्यताको परिचय दिऔं” भने मूल नारालाई साकार पार्न टोलमा बासोवास गर्ने सबैलाई एकत्रित गरी एक आपसमा सहयोगी भावना जागृत गराई सामाजिक सेवामा लाग्न अभिप्रेरित गर्ने, स्वास्थयमा एवम् वातावरण सुधारम गर्नै कला र सँस्कृतिको जगेर्ना गर्ने र उत्थान गर्र्ने, खे्लकुदको विकास गर्ने, नागरिक भावनाको विकास गर्ने र गराउने, टोलबासीहरुमा सामाजिक, शैक्षिक र साँस्कृतिक स्तर उकास्ने उद्देश्य लिएको यस संस्थाले पुस्तकालय खौल्न समेत नगरपालिकामा ठाउँ उपलब्ध गराउँन समेत निवेदन दिएको बताउनुभयो भने सचिव रविन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्ष रविन छुस्याकीले पनि बोल्नु भएको थियो ।