नेपाल मजदुर किसान पार्टी भनपा–२, इताछेंको आयोजनामा बधाईज्ञापन तथा धन्यवाद ज्ञापन एवं वनभोज कार्यक्रम सम्पन्न
भक्तपुर, २०७९ जेठ २१ गते शनिबार ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेमकिपा २ वडा इताछें इकाई समितिको आयोजनामा २०७९ बैशाख ३० गते सम्म स्थानीय तह सदस्य निर्वाचनमा अत्यधिक बहुमत प्राप्त गर्न सफल जनप्रतिनिधिहरुलाई बधाईज्ञापन तथा धन्यवाद ज्ञापन एवं वनभोज कार्यक्रम सम्पन्न शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले भक्तपुर नगरपालिका हरेक नागरिकले १५ मिनेट भित्र स्वास्थ्य सेवा प्राप्त गर्न सकिने देशकै सबैभन्दा सानो नगरपालिका भएको बताउनुहुँदै नपाद्वारा सञ्चालित ख्वप अस्पतालले सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।
उहाँले शिशुस्याहारदेखि कलेजसम्मको व्यवस्थापन गर्ने भक्तपुर नगरपालिका एकमात्र स्थानीय तह रहेको जिकीर गर्नुहुँदै शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणमा गरिरहेको कार्य देशभरमै उत्कृष्ट रहेको चर्चा गर्नुभयो ।
प्रमुख प्रजापतिले समाजवाद काम गरी खाने वर्गको निम्ति स्वर्ग हो भन्नुहुँदै नेमकिपामा अग्रजहरुले गरेको योगदानलाई स्मरण गर्दै काम गरी खाने जनताको हितको निम्ति अबको पुस्ताले सो कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सभासद् सृजना सैंजुले नेमकिपाले स्थानीय तह सदस्य निर्वाचनमा जनताको मत र मन दुबै जित्न सफल भएको चर्चा गर्नुहुँदै भनपाले ख्वप मोडेल मार्पmत शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, कला सँस्कृति र विकासको मोडेललाई देशमै नमूनाको रुपमा अगाडि बढाउन सफल भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक गतिविधिहरुको संक्षिप्त चर्चा गर्नुहुँदै महिलाहरु राजनैतिक रुपमा सुसूचित रहेको स्थान भनेर भक्तपुर चिनिएको तथा सिद्धान्तको सम्झौता नगर्ने र कार्यकर्ताहरुमा राजनैतिक संस्कार विकास गर्न सफल एकमात्र पार्टी नेमकिपा हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपा नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले उपत्यका भित्रका काठमाडौँ र ललितपुर जिल्लाका जनताहरुले समेत नेमकिपाको आवश्यकता महशुस गरेको बताउनुहुँदै नेपाल मजदुर किसान पार्टीको ६० वर्ष अगाडिको सोचका कारण अहिले भक्तपुर नगरबासीहरुको शैक्षिक स्तर वृद्धि भई सीप विकासमा टेवा पुगेको जानकारी दिनुभयो ।
भनपा–२ वडाका निर्वाचित वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिका–२ मा सञ्चालित देको–मिवा–इतापाके आयोजना व्यवस्थित सहर विकासको लागि सञ्चालित योजना हो भन्नुहुँदै नेमकिपाले घोषणापत्रमा उल्लेख गरे बमोजिमका कार्यहरु एक–एक गर्दै प्रतिबद्ध भई कार्यान्वयन गर्न वडाबासीहरुको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा–२ नं. वडा निर्वाचन परिचालन समितिका संयोजक रबिन्द्र खर्बुजा, निर्वाचित वडासदस्यहरु श्यामसुन्दर मातां, न्हुछेराम कोजु र मञ्जुमाया लाखाजुले स्थानीय तह सदस्य निर्वाचनमा व्यक्ति होइन पार्टी विजयी भएको हो भन्नुहुँदै आप्mनो अमूल्य मत दिई अत्यधिक मतले विजयी गराउनुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा नेमकिपा २ नं. वडा समिति, इताछेंका अध्यक्ष राजन जति र समाजसेवी विनोदचरण रायले पनि बोल्नुभएको थियो भने समितिका कोषाध्यक्ष कृष्णराम तुकंबञ्जारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














