स्थानीय चुनावको मिति तोक्न दलहरुलाई निर्वाचन आयोगको सुझाब ।
निर्वाचन आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई सुझाब दिएको छ । राजनितिक दलहरुसँग आज भएको छलफलमा निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने सुझाव दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सीआईएनसँग बताउनुभयो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १ सय २० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताउनु भएको हो ।
छिट्टै निर्वाचनको मिति नतोकिएमा निर्वाचन ब्यवस्थापन कार्य जटिल हुने हुँदा राजनीतिक दलहरुको सुझाबका आधारमा आयागले सरकारलाई स्थानीय तह निर्वाचनको मिति तोक्न परामर्श गर्ने उहाँले बताउनुभयो । छलफल कार्यक्रममा नेपाल कम्प्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्प्युनिष्ट पार्टी (माले), जनता समाजवादी पार्टी, नेपाली जनता दल, नेपाल परिवार दल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
छलफलमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन तयारीका विषय, कोभिड १९ को बढ्दो सङ्कमणलाई मध्यनजर गरी राष्ट्रियसभा निर्वाचनमा पालना गर्ने स्वास्थ्य सुरक्षा मापदण्ड, आयोगबाट मतदाता नामावली सङ्कलन गर्ने विशेष कार्यक्रमका लगायतमा छलफल गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














