उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बन्यो ।

उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बन्यो ।
नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको खेलमा नेपाल च्याम्पियन बनेको छ । बङ्गलादेशको ढाका आज उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाली महिला टोलीलेउपाधि हासील गरेको हो ।मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २६–२४ ले जितेको थियो । पाँचौं सेट १५–१० ले आफ्नो बनाउँदै नेपालले उपाधिको रक्षा गरेको हो ।यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो ।सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत हो । पुरुषतर्फ नेपाल चौंथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भयो ।