भक्तपुर श्रमिक साकोसको को चौधौं बार्षिक साधारण सभा सम्पन्न
भक्तपुर, १२ कार्तिक । भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.को चौधौं बार्षिक साधारण सभा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका एकाई समितिका अध्यक्ष गौतम प्रसाद लासिवाको प्रमुख आतिथ्यतामा एक समारोह बीच भक्तपुर पेपर क्र्याफ्टमा शुक्रवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि गौतम प्रसाद लासिवाले सिभिल सहकारीमा इच्छाराज तामाङले आठ अर्ब भन्दा बढी रकम हिनामिना गरेरको र ओरिन्टलमा सुधिर बस्नेतले धेरैको रकम दुवाएकोले सहकारीको बदनाम भईरहेको बेला हाम्रो सहकारीले पृथक भएर पारदर्शी ढंगले संचालन गर्नु पर्ने नत्र बदनाम सहकारीको लाइनमा राखेर हेरिने छ भन्नुभयो । उहाँले साधारणसभा पुस्तिकामा नगरपालिकाको र सदस्य कर्मचारीहरुको प्रगति बारे लेखहरु र सामाजिक कार्य अन्तर्गत कोभिडबाट विश्व आक्रान्त भएको र अझै कोभिड निर्मुल नभएको अवस्थामा स्वयम् सेवक भई काम गरेको र फेरी स्वय्म सेवक भई काम गर्नु पर्ने भएकोले कोभिडबारे प्रशिक्षित र काम भावना जगाउने काम र रक्तादन, नाका नाकामा परिक्षण, रोगव्याधि भनेको फोहरबाट हुने भएकोले नमुना सरसफाई कार्यक्रम गरी जागरन ल्याउने र जनचेतना जगाउने काम गर्नु पर्ने बताउनु भयो । त्यस्तै सहकारीले अध्ययनमा जोड दिई राजनीति बारे जानकारी लिई एमसिसि पछाडि हिडेका पूँजीवादी र साम्राज्यवादी दलालहरुले देश अफगानिस्तान हुने भएकोले त्यसबारे लेख रचनाहरु प्रकाशित गर्नुपर्ने बताउनु भयो । उहाँले देशको भौगोलिक स्थिति लिम्पियाधुरा लिपुलेक लगायत साठी हजार हेक्टर भन्दा बढी सीमा अतिक्रमण भएकोले सो बारे जनतालाई सचेत गर्नु पर्ने र पूँजीवादी दलदलबाट देश जोगाउन देशको ईतिहास बारे विज्ञ र बरिष्ठ राजनीतिज्ञहरु ल्याएर प्रशिक्षित हुनु पर्ने बताउनु भयो ।
कार्यक्रम संस्थाका अध्यक्ष साहिला बैद्यको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दिलकृष्ण माक, प्रगति प्रतिवेदन सचिव दिलिप कुमार सुवाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुण्यराम लाखा, लेखा सुपरिवेक्षण समितिका संयोजक काशिलाल प्रजापति र व्यवस्थापक रामसुन्दर सुजखुले पनि बोल्नु भएको थियो ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...












